काठमाडौं– सामाजिक अभियान्ता टीका कुमारी कँडेल(आयुषा) राष्ट्रिय युवा परिषद्को सदस्यमा मनोनित भएकी छन्।
उनलाई नेपाल सरकार, माननीय युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्षको मंसिर १८ गतेको निर्णायानुसार मनोनित गरेको हो।
अभियान्ता कँडेलको पदावधि चार वर्षको हुनेछ।
रुपन्देहीकी २६ वर्षीया कँडेल यसअघि लुम्बिनी युवा परिषद्की सदस्यसमेत हुन्। उनले महिला तथा युवाको नेतृत्व विकास, अधिकार प्राप्ती लगायतका क्षेत्रमा काम गरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।