• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

नरेश भट्टमाथि अन्ततः हत्याको मुद्दा दायर, कोठामा भेटिएको रगत ममताकै भएको पुष्टि

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०८१  १२:५७
1140x725

काठमाडौं– अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ। मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो।

नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन। तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो। घटनास्थलबाट तत्कालै रगतको नमूना संकलन गरिएको भए पनि यसको डीएनए नतिजा आउन लामो समय लागेको थियो।

अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो। नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन्। यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन्।

अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ। तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन। त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ।

मुद्दा दायरपश्चात् पहिलो पेशी हिजो राखिएको थियो, जसमा नरेश पनि उपस्थित थिए। महिला न्यायाधीशले नरेशमाथि होमिसाइड चार्ज (कर्तव्य ज्यान सम्बन्धी मुद्दा) दायर भएको जानकारी गराउँदै उनलाई अपराध कबुल गर्न भनेकी थिइन्। हत्याको अभियोग लागेको थाहा पाउँदा नरेश निकै हताश बनेको सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी दुवै हात पुर्पुरोमा राखेर बसेका थिए।

Ncell 2
Ncell 2

नरेशमाथि यसअघि प्रहरीले शव लुकाएको कमजोर अभियोग लगाएको थियो। नेपाली समुदायहरूले हत्यामै मुद्दा चलाउनुपर्ने माग गर्दै आएका थिए। मनासास प्रहरीका प्रमुख मारियो लुगोले एक पत्रकार सम्मेलन गर्दै यथेष्ट प्रमाण संकलनपश्चात हत्याको मुद्दा दायर भएको जानकारी दिए।

ममताको शव भने अझै पनि फेला नपरेको र खोजी जारी राख्ने उनको भनाइ छ। पत्रकार सम्मेलनमा ममताका आमा र भाइ पनि उपस्थित भएका थिए।

लुगोले प्रहरीसँग हत्या अभियोग प्रमाणित हुने पर्याप्त प्रमाणहरू रहेको र नरेश उम्किन नसक्ने बताए। हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ। २०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल कलेजमा कार्यरत नर्स ममता काफ्ले गत जुलाईमा बेपत्ता भएकी थिइन्। जुलाई २७ मा अन्तिम पटक कार्यालयमा गएकी उनी त्यसपश्चात् हराएपछि कार्यालयका सहकर्मीले प्रहरीमा खबर गरेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि २२ अगष्टमा नरेशलाई पक्राउ गरेको थियो।

नरेश र ममताकी डेढ वर्षकी छोरी छन्। नरेश जेल परेपछि नेपालबाट अमेरिका गएका ममताका आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्