• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
निर्मला पन्त हत्या प्रकरण : कहिले सुल्झिएला हत्यारासम्म पुग्ने बाटाे?
64x64
नारायण अधिकारी बिहीबार, असोज ११, २०७५  ०३:२८
1140x725

निर्मला पन्तको हत्या भएको दुई महिना पुगेको छ। बलात्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

_x000D_ _x000D_

यसबीचमा निर्मलाका बुवाआमासहितको मानवअधिकारवादीको एक टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा प्रतिपक्ष दलका नेतालगायतसँग भेट गरी हत्यारालाई कानुनी दायरामा ल्याउन मागसमेत गरे। सरकारले पटक–पटक हत्याराको नजिक पुगिएको, अनुसन्धान जारी राखिएको, हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइहँदा व्यवहारमा भने अवस्था शून्यको अवस्थामा छ। जसकारण नेपाल प्रहरीको चौतर्फी आलोचना भइरहेको छ। घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाईसक्दा अनुसन्धानमा खटिएका प्रहरी, छानबिन समितिका सदस्य हुन् या सरकार र सर्वधारणनै किन नहुन्, सबैसामु सुरुदेखिकै एउटै प्रश्न जिवित छ– आखिर निर्मलाको हत्या कसले गर्यो?

_x000D_ _x000D_

जघन्य अपराधको घटनामा पनि अपराधी पक्राउ पर्न नसकेपछि तत्कालीन अवस्थामा प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई अनुसन्धानमा खटिन निर्देशन दिएको थियो।

_x000D_ _x000D_

_x000D_

बुधबार मात्रै संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीले घटनास्थलमा उठाएको मुचुल्कामा तत्कालीन अवस्थामा भारतमा रहेका निर्मलाका बुवाको दस्थखत रहेको खुलासा गरेका छन्।

_x000D_

_x000D_ _x000D_

Ncell 2
Ncell 2

यसअघि जनदबाव बढ्न थालेपछि सिआइबीले हत्यारा दिलिपसिंह विष्ट रहेको भन्दै सार्वजनिकसमेत गर्‍यो। १३ वर्षीया पन्तको योनीको ‘भेजिनल स्वाब’मा भएको वीर्यसँग विष्टको डिएनए नमिलेपछि उनी रिहा भइसकेका छन्। यो बीचमा निर्दोष विष्टलाई प्रहरीले पक्राउ गरेर वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए। आन्दोलनको क्रममा १४ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए। प्रहरीले दोषी भनी पक्राउ परेका व्यक्ति निर्दोष सावित भएसँगै प्रहरीको विश्वसनियतामाथि नै प्रश्न उठेको छ। अपराध अनुसन्धानको बलियो ‘पिल्लर’ मानिने सिआइबीले समेत गम्भीर त्रुटी गरेको भन्दै सिआइबीको छानबिन संयन्त्रमाथि नै प्रश्न उठेको छ।

_x000D_ _x000D_

बुधबार मात्रै संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीले घटनास्थलमा उठाएको मुचुल्कामा तत्कालीन अवस्थामा भारतमा रहेका निर्मलाका बुवाको दस्थखत रहेको खुलासा गरेका छन्। यसबाट प्रहरीको अनुसन्धानमा लापरबाही स्पष्ट देखिन्छ।

_x000D_ _x000D_

तर, सिआइबीलगायत स्थानीय प्रहरीले गरेका अनुसन्धान, घटनास्थलको अवस्था, दिलिपसिंह विष्ट लगायत अन्य पक्राउ पर्नुको कारण, कुकुरको किन प्रयोग भएन, हत्या कहाँ भएको थियो, पानी पर्दासमेत किताब किन भिजेन जस्ता प्रश्नको उत्तर अहिलेसम्म पनि प्रकाशमा आउन सकेको छैन। निर्मला हत्याको अनुसन्धानका क्रममा केही नखुलेका पाटा र उब्जिएका प्रश्न बारेमा यहाँ चर्चा गरिएको छ।

_x000D_ _x000D_

यस्तो छ घटनाको पृष्ठभूमि

_x000D_ _x000D_

साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। यसैदिन नै निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दूरी लगभग डेढ किलो मिटर टाढा छ। १० गते रोशनीको घर गएकी निर्मला सवा २ बजे घर जान्छु भन्दै बाहिरिएकी थिइन्।

_x000D_ _x000D_

_x000D_

शवकाे प्रकृति हेर्दा आैंलाले कोपरेर झारमा समाएको जस्तो देखिन्थ्यो। तर, त्यसलाई ‘राइगर मोटिस’ भएर औंलाले समातेको जस्तो देखिएको डाक्टरले बताएका थिए। वीर्य भेटिएपछि बलात्कार भएको पुष्टि भयो। अब घोप्टो अवस्थामा बलात्कार सम्भव छ कि छैन?

_x000D_

_x000D_ _x000D_

रोशनीको घरबाट अम्बा, किताब लिएर साइकलमा घर जान्छु भनेर हिँडेकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन्। १० गते अपरान्हबाट खोजिएकी निर्मलाको अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमा शव फेला पर्छ। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको जनाइएको छ। घाँटीमा ५ वटा औंलाको डाम भन्ने उल्लेख छ।
_x000D_  

_x000D_ _x000D_

घटनास्थलमै बलात्कार भएको हो वा अन्यत्रै?

_x000D_ _x000D_

रोशनी र निर्मलाको घरबीचमा पर्ने उखुबारीमा उनको शव भेटिएको थियो। बाटोनजिकै खोलाभन्दा पारी रहेको उखुबारीमा निर्मलाको शव पानीमाथि घोप्टो परेको अवस्थामा फेला पारिएको थियो। आैंलाले कोपरेर झारमा समाएको जस्तो देखिन्थ्यो। तर, त्यसलाई ‘राइगर मोटिस’ भएर औंलाले समातेको जस्तो देखिएको डाक्टरले बताएका थिए। वीर्य भेटिएपछि बलात्कार भएको पुष्टि भयो। अब घोप्टो अवस्थामा बलात्कार सम्भव छ कि छैन? प्रहरीले अनुसन्धान गर्यो।

_x000D_ _x000D_

घोप्टो अवस्थामा त्यो पनि १३/१४ वर्षको किशोरीलाई हिलोमा बलात्कार गर्न सम्भव छैन। ‘त्यहाँ बलात्कार गरेको भए उनको कपडामा हिलैहिलो लाग्नु पर्ने हो। हिलोमा शव गाडिनु पर्ने हो। तर, त्यस्तो देखिँदैन’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘शव तथा शव रहेको स्थानको अवस्था हेर्दा अन्य ठाउँमै बलात्कार गरेर त्यहाँ लगेर फालेको देखिन्छ।’

_x000D_ _x000D_

खोला वारी नै बलात्कार भएको लाश खोलामै फालिन्थ्यो होला, खोला पारी बोकेर लैजान सक्ने सम्भावना न्युन छ। खोला पारी नै बलात्कार गरेर उखुबारीमा लगेर फालिएको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ।

_x000D_ _x000D_

बिटिएस ट्रयापमा परे ५ सय जना

_x000D_ _x000D_

हत्यामा कुनै ‘क्लू’ फेला पर्न सकेको थिएन। धरै प्रश्न प्रहरीका लागि अनुत्तरित थिए। आन्दोलन दिनप्रतिदिन चर्किंदो थियो। हत्यारा जसरी पनि र जतिसक्दो छिटो पक्राउ गर्नुपर्ने प्रहरीलाई दबाव थियो। ‘रोशनीको घरबाट निस्केपछि निर्मला कता गई देख्ने मान्छे कोही थिएन, सिसिटिभीको फुटेज पनि थिएन, सोधपुछ गर्दा कतै पत्ता लाग्दैन तर हामीलाई जसरी पनि अनुसन्धानबाट पत्ता लगाउनु छ’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरी जादुको छडी त होइन नी, हामीले पनि अनुसन्धान त गर्नुपर्यो। त्यसका लागि समय त लाग्छ नी।’

_x000D_ _x000D_

_x000D_

निर्मलाको शव भेटिएकाे स्थल वरपर मोबाइलमा कुरा गर्ने व्यक्ति अनुसन्धानको घेरामा आउन थाले। बिटिएस टावरमा ठोक्किएका ५ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले सोधपुछ गर्दै बयान लिँदै छाडेको थियो।

_x000D_

_x000D_ _x000D_

कतैबाट नयाँ तथ्य फेला नपरेपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले एनसेल र एनटिसीको टावर (बिटिएस) लोकेसनमा देखाएका आधारमा केही व्यक्तिलाई सोधपुछ गर्न थाल्यो।

_x000D_ _x000D_

निर्मलाको शव भेटिएकाे स्थल वरपर मोबाइलमा कुरा गर्ने व्यक्ति अनुसन्धानको घेरामा आउन थाले। बिटिएस टावरमा ठोक्किएका ५ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले सोधपुछ गर्दै बयान लिँदै छाडेको थियो।

_x000D_ _x000D_

यस प्रक्रियाबाट बिटिएस ट्र्यासमा देखिएका व्यक्ति घटनास्थल वरपर किन गए? घटना देखे कि देखेनन्? आफ्नो कामले गएको थियो भने के कामले गएको थियो? आदिको कुराको विश्लेषण प्रहरीले गरेको थियो। बिटिएस टावरमा ठोक्किएका ५ सय जनासँग बयान लिएपनि त्यसबाट कुनै नयाँ तथ्य प्रहरीले फेला पार्न सकेन।

_x000D_ _x000D_

किन पक्राउ परे निर्दोष भनिएका चक्र बढुदेखि दिलिपसिंह विष्टसम्म?

_x000D_ _x000D_

रोशनीको घरबाट निस्किएको ५ मिनेटपछि नै पानी परेको थियो। विद्यार्थी निर्मलाका लागि आफू भिज्नेभन्दा पनि किताब र आफ्नो नोट कापी भिज्ने बढी डर हुनु स्वभाविक थियो।

_x000D_ _x000D_

कापी–किताब बचाउनु निर्मलाका लागि पहिलो प्राथमिकता हुने विश्लेषण प्रहरी गर्छ। निर्मलाको साइकल भेटिएको ठाउँबाट नजिकको घर भनेकै चक्र बढुको हो। चक्रकी बहिनी निर्मलाकी ‘क्लास मेट’समेत हुन्। प्रहरीले विश्लेषण गर्छ निर्मला चक्रको घरमा ओत लाग्न पो गइन् की?

_x000D_ _x000D_

_x000D_

भारत जाने तरखरमा रहेका चक्रको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले ‘फरेन्सिक ल्याब’मा पठाउँछ। ल्याबले निर्मलाको शवको १२ वटा फोटो रिकभर गर्छ। बढुले सोधपुछका क्रममा भने ३ वटा मात्रै फोटो खिचेको बताएका थिए। प्रहरीले झनै शंका गर्ने ठाउँ देख्छ।

_x000D_

_x000D_ _x000D_

प्रहरीले चक्रको परिवारमा सोधपुछ गर्दा श्रीमतीले चक्रले घटनास्थलबाट निर्मलाको शवको फोटो खिचेर ल्याएको र आफूले शवको ३ वटा फोटो हेरको बताउँछिन्।

_x000D_ _x000D_

चक्र, चक्रकी श्रीमती र बहिनीलाई छुट्टा–छुट्टै राखेर प्रहरीले सोधपुछ गर्छ। तीन जनाका कुरा आपसमा नमिलेपछि अनुसन्धानमा खटिएको प्रहरीलाई थप शंका लाग्छ। श्रीमतीले घटनास्थलको फोटो हेरेको बताए पनि चक्रले ट्याक्टरमा राखेको शवको फोटो खिचेको बताउँछन्। प्रहरीले शंका गर्नुपर्ने एउटा कारण फेला पार्छ।

_x000D_ _x000D_

भारत जाने तरखरमा रहेका चक्रको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले ‘फरेन्सिक ल्याब’मा पठाउँछ। ल्याबले निर्मलाको शवको १२ वटा फोटो रिकभर गर्छ। बढुले सोधपुछका क्रममा भने ३ वटा मात्रै फोटो खिचेको बताएका थिए। प्रहरीले झनै शंका गर्ने ठाउँ देख्छ। त्यसपछि उनको पोलिग्राफदेखि डिएनएसम्म परीक्षण गरेपछि निर्दोष भएको पुष्टि हुन्छ र थुनामा रहेको ११औं दिनमा बढु छाडिन्छन्।

_x000D_ _x000D_

त्यसैगरी अनुसन्धानको क्रममा हेमन्ती भट्ट पनि पक्राउ पर्छिन्। निर्मलाको घरमा आमाको मात्रै मोबाइल थियो। निर्मला, निर्मलाकी दिदी मनिषा र आमाले एउटै मोबाइल प्रयोग गर्थे। निर्मलाकी आमाको मोबाइल चेक गर्दा प्रहरीले शंकाष्पद ‘म्यासेज’ संवाद भेट्छ। त्यो ‘म्यासेज’ संवाद भने हेमन्ती भट्टसँग गरिएको तथ्य खुल्छ।

_x000D_ _x000D_

_x000D_

प्रहरीले हेमन्तीको मोबाइल टेलिकममार्फत चेक गरेको थियो। हेमन्तीको मोबाइलमा १६ वटा सीमकार्ड प्रयोग भएको देखियो।

_x000D_

_x000D_ _x000D_

हेमन्तीले पठाइएको एउटा म्यासेजमा लेखिएको हुन्छ– ‘आज निर्मला छैन, भोलि कल गर्नु।’ प्रहरीले यस्तै किसिमको अर्को पनि म्यासेज भेट्छ। प्रहरीलाई झनै शंका लाग्छ। त्यसपछि भने प्रहरीको अनुसन्धान हेमन्तीतर्फ सोझिन्छ।

_x000D_ _x000D_

प्रहरीले हेमन्तीसँग साधपुछ गर्दा हराएकै दिन बिहान निर्मलासँग भेट भएकोसम्म जानकारी प्राप्त गर्छ। त्यसैदिन, हेमन्तीले निर्मलाकी दिदी मनिषालाई आफ्नो घर लिएर गएकी थिइन्। हेमन्तीकी बहिनी भूमिका र मनिषा एउटै कक्षामा पढ्छन्। मनिषा घटना भएको दिनभर हेमन्तीको घरमा थिइन्।

_x000D_ _x000D_

हेमन्ती चाहीं मनिषालाई आफ्नो घर पुर्‍याएर बजार निस्केकी थिइन्। यतिसम्म देखिएपछि प्रहरीले हेमन्तीको मोबाइल टेलिकममार्फत चेक गरेको थियो। हेमन्तीको मोबाइलमा १६ वटा सीमकार्ड प्रयोग भएको देखियो।

_x000D_ _x000D_

‘हेमन्तीका बारेमा हामीले सबै सूचना जम्मा पारेर बसेका थियौ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘तर उनले हामीलाई बारम्बार ढाटेपछि शंका लागेर अनुसन्धान गरेका थियौं।’

_x000D_ _x000D_

प्रहरीलाई शंका उत्पन्न गराएको म्यासेज ‘निर्मला आज छैन भोलि कल गर्नु’ मृतक निर्मला नभएर अर्कै निर्मला भएको पत्ता लागेपछि प्रहरीले उनलाई छाडेको थियो। हेमन्तीलाई ५ दिनसम्म तारेखमा राखेर अनुसन्धान गरिएको थियो।

_x000D_ _x000D_

पक्राउ परेका दिलिपसिंह विष्ट भने प्रहरीको ‘र्‍यान्डम चेकिङ’मा परेर अनुसन्धानसम्म तानिएका थिए। हत्याको अनुसन्धानमा खटिएको प्रहरीले जेलबाट छुटेका, गाउँमा बेरोजगार भएर बसेका, गाँजाभाङ खाने, चोरीडकैती गर्ने, घरबाट हराएका, झै–झगडा केसमा प्रहरीकोमा परेका, उदण्ड स्वभावका व्यक्तिलाई निगरानीमा राखेको थियो।

_x000D_ _x000D_

यस्तै किसिमको व्यक्तिको निगरानी गर्दै प्रहरी भदौ ३ गते बेलुका गस्तीमा निस्किएको थियो। गस्तीमा हिँडेको प्रहरीको मोटरसाइकलको ‘हेडलाइट’ बलेपछि सडकमा एक्लै हिँडिरहेका विष्ट ठिंग उभिएका थिए। प्रहरीले हामी प्रहरी हौं, राति कहाँ हिँडेको भनेपछि विष्ट भाग्न खाजेको प्रहरीले बताउँदै आएको छ।

_x000D_ _x000D_

_x000D_

निर्मलाको साइकलको चेन बिग्रिएको र आफूले बनाइदिएको, घटनास्थल नजिकै हत्या गरेर त्यहाँ लगेर फालेकोसम्म आफैं बताएको अनुसन्धानमा खटिएका प्रहरीको दाबी छ।

_x000D_

_x000D_ _x000D_

त्यसपछि उनलाई पक्राउ गरेर घटनाबारे सोधपुछ गर्दा हत्या कबुल गरेको र विष्ट नै दोषी भन्दै प्रहरीले सार्वजनिक गरेको थियो। विष्ट पक्राउ पर्नुको नखुलेको मुख्य पाटो भने यस्तो छ।

_x000D_ _x000D_

प्रहरीले विष्टलाई पक्राउ गरेपछि राति १२ बजे अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई कार्यालयबाट फोन आउँछ, ‘सर एक जना मान्छे भेटिएको छ, घटनाबारे सबै बताउँछ।’

_x000D_ _x000D_

अनुसन्धानको एक महिना पुग्न लाग्दासम्म कुनै ‘क्लु’ फेला पर्न नसकेको अवस्थामा एकाएक कसरी पत्ता लाग्छ हत्यारा? जिसीले फोनमै जवाफ फर्काउँछन्। सोधपुछका क्रममा विष्टले निर्मलाको खल्तीमा रहेको २० रुपैयाँको चुरोट, गुट्खा खाएकोसम्म कबुल गरेको प्रहरी अधिकारीले फोनमा बताउँछन्। रोशनीले निर्मलालाई २० रुपैयाँ दिनु छ भन्नु र २० रुपैयाँको चुरोट, गुट्खा खाएँ भन्नुलाई प्रमाण मानेर अनुसन्धान थालेको प्रहरीले विष्ट नै दोषी भएको ठहर गरेको थियो।

_x000D_ _x000D_

सोसँगै विष्टले निर्मलाको साइकलको चेन बिग्रिएको र आफूले बनाइदिएको, घटनास्थल नजिकै हत्या गरेर त्यहाँ लगेर फालेकोसम्म आफैं बताएको अनुसन्धानमा खटिएका प्रहरीको दाबी छ। निर्मलाको कसरी हत्या भयो भन्नेसम्म पत्ता लगाउन नसकेको प्रहरीले विष्टलाई पक्राउ गरेपछि ‘कसरी’ भन्ने प्रश्नको सबै उत्तर आएकोले विष्ट नै दोषी देखिएको दाबी गरेको थियो।

_x000D_ _x000D_

अन्ततः डिएनए परीक्षणमा विष्ट निर्दोष सावित हुन्छन्। भदौ ३ गते पक्राउ परेका विष्टलाई नियन्त्रणमा राख्नुपर्ने कारण नदेखिएपछि उनलाई २५ गते रिहा सामान्य तारेखमा रिहा गरिन्छ। प्रहरीले सोधपुछमा विष्टले हत्या गरेको स्विकार गरेको बताएको थियो। विष्टका परिवारले भने कुटपिट गरेर स्विकार्न लगाएको आरोप लगाएका छन्। मानसिक सन्तुलन ठिक नभएका भनिएका विष्टको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको स्थानीयले बताएका थिए। विष्टलाई पक्राउ गरेपछि ‘भिआइपी’ हत्यारा लुकाउन खोजेको भन्दै कञ्चनपुरमा स्थानीयले आन्दोलन चर्काएका थिए।

_x000D_ _x000D_

_x000D_

साइकल भएको ठाउँमा स्थानीय खोज्न गएपछि खोला पारी उखुबारीको पानी जमेको ठाउँमा निर्मलाको शव फेला परेको थियो। महिलाहरु सो स्थानमा पुग्दा एक जना बोल्न नसक्ने व्यक्ति निर्मलाको साइकल पुछिरहेका थिए।

_x000D_

_x000D_ _x000D_

यही घटनामा पक्राउ परेर थुनामा रहेका व्यक्ति हुन् रोशनी बम र बबिता बम। उनीहरुको घरबाट निर्मला बेपत्ता भएको र बबिताले ‘साइकल भेटिएपछि लाश पनि त्यतै होला’ भनेको स्थानीयबाट कुरा आएपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिएको थियो। भदौ ९ गते पक्राउ परेका उनीहरु २५ गते रिहा भएका थिए। बम निवासमा दुई महिनादेखि रोशनीका दिदीबहिनी मात्रै बस्दै आएका थिए। उनीहरुका दाजुभाउजु कोहलपुर तथा बाबुआमा भने दार्चुला बस्दै आएका थिए।

_x000D_ _x000D_

पानी पर्दा पनि किन भिजेन किताब?

_x000D_ _x000D_

निर्मला हराएको दिन दिउँसो ४ बजे बाटोमुनि उनको साइकल र किताब कालो प्लास्टिकमा अम्बाको पोको छरपष्ट अवस्थामा घना भण्डारीका भतिजा ६ वर्षीय सन्दिपले देखेका थिए। घाँस काट्दै गरेकी काकीलाई त्यो कुरा सन्दिपले सुनाएका थिए। घनाले कसैको होला भनेर वास्ता गरिनन्। पल्लो गाउँकी भएकाले घनालाई निर्मला हराएको थाहा थिएन।

_x000D_ _x000D_

भोलिपल्ट ११ गते गाउँमा महिला समूहको बैठक बसेको थियो। त्यहाँ निर्मला हराएको कुराबारे हल्लाखल्ला भएपछि घनाले साइकल देखेको बताएकी थिइन्।

_x000D_ _x000D_

त्यसपछि साइकल भएको ठाउँमा स्थानीय खोज्न गएपछि खोला पारी उखुबारीको पानी जमेको ठाउँमा निर्मलाको शव फेला परेको थियो। महिलाहरु सो स्थानमा पुग्दा एक जना बोल्न नसक्ने व्यक्ति निर्मलाको साइकल पुछिरहेका थिए।

_x000D_ _x000D_

निर्मला रोशनीको घरबाट आफ्नो घर फर्किएको भनेको ५ मिनेटपछि नै पानी परेको थियो। तर ठूलो पानी पर्दासमेत किताब किन भिजेन? स्थानीयले प्रश्न गरेका छन्। यसबारे घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘किताब बाहिरको गाता ‘वाटर कोडेड’ थियो, साइडको भागबाट मात्रै पानी पस्न सक्थ्यो। पानी पस्नसक्ने साइडको भाग भिजेकै छ। अर्को कुरा पानी जम्ने ठाउँमा किताब भएको भए पूरै भिज्थ्यो। किताब जालीमाथि भएकाले पानी जम्न पाएन। त्यसैले किताब नभिजेको हुनसक्ने हाम्रो अुनमान हो।’

_x000D_ _x000D_

बलात्कारका घटनामध्ये ३ प्रतिशत केसको मात्रै डिएनए​

_x000D_ _x000D_

घटना जघन्य भएपछि सिआइबीको जघन्य अपराधको ‘पिल्लर’का डिएसपी अंगुर जिसीको नेतृत्वमा ३ जना साउन १३ गते घटनास्थल कञ्चनपुर पुगेका थिए। त्यतिन्जेलमा मुचुल्का उठाएर शव अस्पतालमा ल्याइएको थियो। आन्दोलनले उग्र रुप लिँदै थियो। प्रहरीलाई यतिखेर दोहोरो जिम्मेवारी थियो– आन्दोलन साम्य पार्न सडकमा उत्रनु र घटनाको अनुसन्धान गर्नु।

_x000D_ _x000D_

_x000D_

वीर्य ‘सेक्रेटर’ र ‘ननसेक्रेटर’ हुन्छ। ८० प्रतिशत मानिसको वीर्य ‘सेक्रेटर’ र २० प्रतिशतको ‘ननसेक्रेटर’ हुन्छ। ‘सेक्रेटर’ वीर्यबाट ब्लड ग्रुप छुट्टिने र ‘ननसेक्रेटर’बाट नछुट्टिने डाक्टरले जानकारी गराएका थिए। ब्लड ग्रुप छुट्टिएको भए अनुसन्धान दायरा केही साँघुरो हुन्थ्यो। तर निर्मलाको योनांगको ‘भेजाइनल स्वाब’मा भएको वीर्य ब्लड ग्रुप नछुट्टिने खालको भएको डाक्टरले पुष्टि गर्छन्।

_x000D_

_x000D_ _x000D_

त्यो समयसम्म घटनाका बारे कुनै ‘क्लु’ फेला परेको थिएन। घटना कसले गर्‍यो भन्दा पनि कसरी भयो भन्नेसम्म प्रहरीले पत्ता लगाउन सकेको थिएन। अस्पतालमा राखिएको शवको सुक्ष्म अनुसन्धान सिआइबीको टोलीले गरेको थियो। बाँया पट्टीको कन्चटनिर निधारमा निलो सानो डाम थियो, दुबै खुट्टाको तिघ्रामा उखुका डाँटले घोचेजस्तो सानो रातो दाग जस्तो देखिन्थ्यो।

_x000D_ _x000D_

‘शवबाट मात्रै कुनै क्लु फेला पर्ने अवस्था थिएन’, एक अधिकारीले डाक्टरलाई सोध्छन्, ‘रेप भनेपछि त पक्कै योनीको स्वाबमा वीर्यको केही अंश हुन्छ होला?’

_x000D_ _x000D_

डाक्टरबाट उत्तर आउँछ, ‘हुनसक्छ।’

_x000D_ _x000D_

त्यसपछि ‘भेजाइनल स्वाब’ निकालेर सिआइबीको टोलीले परीक्षणका लागि विमानमार्फत काठमाडौं पठाउँछ। स्वाब चेक गर्दा वीर्यको अंश फेला पनि पर्छ। डिएसपी अंगुर जिसीको टोलीले त्यसबेला डाक्टरलाई सोधेका थिए, ‘वीर्यबाट ब्लड ग्रुप छुट्टिन्छ कि छुट्टिदैन?’

_x000D_ _x000D_

वीर्य ‘सेक्रेटर’ र ‘ननसेक्रेटर’ हुन्छ। ८० प्रतिशत मानिसको वीर्य ‘सेक्रेटर’ र २० प्रतिशतको ‘ननसेक्रेटर’ हुन्छ। ‘सेक्रेटर’ वीर्यबाट ब्लड ग्रुप छुट्टिने र ‘ननसेक्रेटर’बाट नछुट्टिने डाक्टरले जानकारी गराएका थिए। ब्लड ग्रुप छुट्टिएको भए अनुसन्धान दायरा केही साँघुरो हुन्थ्यो। तर निर्मलाको योनांगको ‘भेजाइनल स्वाब’मा भएको वीर्य ब्लड ग्रुप नछुट्टिने खालको भएको डाक्टरले पुष्टि गर्छन्।

_x000D_ _x000D_

_x000D_

बलात्कार भनेपछि निर्मलाको सुरुवालमा पुरुषको गुप्ताङ्गको रौं जरैसँग झरेको (प्युबिक) हुनुपर्ने अनुसन्धान विज्ञहरुको तर्क छ। जरैसँग झरेको प्युबिक भेटिएको भए त्यसको डिएनबाट अपराधी पत्ता लाग्न सक्थ्यो।

_x000D_

_x000D_ _x000D_

स्वाबबाट वीर्य निकालेर डिएनए परीक्षण गरिएको नेपाल प्रहरीको अनुसन्धानमा यो पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन्। सिआइबी अनुसन्धानले अन्य प्रहरीले जस्तो अभियुक्तको साबिति बयानलाई मात्रै आधार मान्दैन। जसका लागि प्राविधिक तथा वैज्ञानिक ढंगबाट प्रमाणित गर्नुपथ्र्यो। स्वाब भेटिनुले सिआइबीलाई ठूलो प्रमाण मिलेको थियो।

_x000D_ _x000D_

प्रहरीको विधि विज्ञान प्रयोगशाला ‘फरेन्सिक ल्याब’मा हरेक वर्ष करिब १२ सय वटा केस आउँछन्। जसमध्ये १ सय ५० वटाको डिएनए परीक्षण हुन्छ। डीएनए परीक्षण हुनेमध्ये ५० वटा केस मात्र जबर्जस्ती करणी अर्थात् बलात्कारसँग सम्बन्धित हुन्छन्। अर्थात्, बलात्कारको रेअर केसमा मात्रै डिएनए परीक्षण गरिन्छ। हरेक वर्ष सरदर बलात्कारको घटना मध्ये ३ प्रतिशत केसको मात्रै डिएन परीक्षण हुँदै आएको छ  ।

_x000D_ _x000D_

गुप्ताङ्गको रौंबाट पनि अपराधी पक्राउ पर्न सक्थे

_x000D_ _x000D_

निर्मलाको शवमा कुनै सबुद प्रमाण फेला नपरेको प्रहरीले बताउँदै आएको छ। तर, घटनास्थल पुगेको प्रहरी टोलीले गम्भीर त्रुटी गरेको देखिन्छ। बलात्कारपछि हत्या गरिएको गम्भीर प्रकृतिको घटनामा अनुसन्धानका लागि घटनास्थललाई सुरक्षित गर्नुको सट्टा प्रहरीबाटै निर्मलाको सुरुवाल धुनेसम्मको लापरबाही गरिन्छ।

_x000D_ _x000D_

लामो समयदेखि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने सुरुवालमा केही प्रमाण हुनसक्ने दाबी गर्छन्। बलात्कार भनेपछि निर्मलाको सुरुवालमा पुरुषको गुप्ताङ्गको रौं जरैसँग झरेको (प्युबिक) हुनुपर्ने अनुसन्धान विज्ञहरुको तर्क छ। जरैसँग झरेको प्युबिक भेटिएको भए त्यसको डिएनबाट अपराधी पत्ता लाग्न सक्थ्यो। आरोपी भनिएका दिलिपसिंह विष्टको डिएनए नमिलेको अवस्थामा प्युबिक भएको भए त्यसलाई क्रस चेक गरेर समेत हेर्न सकिन्थ्यो।

_x000D_ _x000D_

अहिले परीक्षण गरिएकाको डिएनए मिलेन भने...?

_x000D_ _x000D_

निर्मला पन्तको हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण। अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि। प्रहरीले दोषी ठहर गरेका व्यक्ति दिलिपसिंह विष्ट डिएनए परीक्षणबाटै निर्दोष सावित भए।

_x000D_ _x000D_

_x000D_

डिएनए नतिजामा उनीहरु ३ जनामध्ये कुनै एक जनासँग मिले त अनुसन्धान सकिएला। यदि मिलेन भने? यो प्रश्नको उत्तर पाउन सहज छैन।

_x000D_

_x000D_ _x000D_

त्यसपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षणको क्रममा छ। डिएनएको नतिजा भने आइसकेको छैन। डिएनए नतिजामा उनीहरु ३ जनामध्ये कुनै एक जनासँग मिले त अनुसन्धान सकिएला। यदि मिलेन भने? यो प्रश्नको उत्तर पाउन सहज छैन।

_x000D_ _x000D_

त्यसपछि के गर्ने भन्ने उत्तर अहिले कुनै प्रहरी अधिकारीसँग छैन। डिएनएको विकल्पमा डिएनए बाहेक अरु प्रमाण अब प्रहरीसँग पनि छैनन्। यदि डिएनएमा उनीहरु निर्दोष देखिए अनुसन्धान थप जटिल बन्ने निश्चित छ। शंका लागे जतिका व्यक्तिको डिएनए परीक्षण गर्नु बाहेक अर्को विकल्प देखिँदैन। यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे शुक्रबार, जेठ २३, २०८२
भरपर्दो छानबिनमा सहमति भए मात्रै प्रतिनिधिसभाको अवरोध खुल्छ : अध्यक्ष दाहाल शुक्रबार, जेठ २३, २०८२
खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, जेठ २३, २०८२
हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक शुक्रबार, जेठ २३, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्