काठमाडौं-भारतको अडियो र वेयरेवल ब्राण्ड 'बोएट'ले व्यापार प्रवर्द्धनका लागि यही भदौ २० देखि २६ गतेसम्म दराजमा 'बोएटहेडडेज' नामक ब्राण्ड वीक सेल आयोजना गरेको छ ।
यसअवधिमा उत्पादनमा ७० प्रतिशतसम्मको छुटका साथै बोएटका प्रिमियम अडियो र लाइफस्टाइल उत्पादन किफायती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
२०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएको बोएटको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको कम्पनीको दाबी छ । नेपाली बजारका लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोएटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको जनाएको छ ।
बोएटले टीडब्लुएस मोडलहरु निर्भाना, आइओएन, एयरड्रप सुप्रिम र एयरड्रप नाइन वानका साथै वेभकल टु, स्मार्ट वाच र पावर बैंकहरु पनि उपलब्ध गराउँदै आएको छ । बोएटका उत्पादनहरु नेपालभर १ हजारभन्दा बढी रिटेल तथा मोबाइल पसलमा उपलब्ध छ ।
‘हामी नेपाली बजारमा नवीन र उच्च–गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं । टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेका छौं,' इमेजिन मार्केटिङ लिमिटेडका प्रवक्ताले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।