काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।