• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

64x64
रासस मंगलबार, साउन १५, २०८१  १२:४९
1140x725

गण्डकी– पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ।

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रुपमा घोषणा गरिएको हो। 

पदमार्गको अध्ययन एवम् अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा यही जेठ २१ देखि ३० गतेसम्म उक्त पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए। 

‘हामीले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहित ३७ जनाको समूहले यस पदमार्गको स्थलगत रुपमा नै खोज तथा अनुसन्धान गरेका हौँ’, उनले भने।

अध्ययनले यो पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको उल्लेख गर्दै उहाँले यस पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरूको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको बताए। 

उनका अनुसार प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्ग पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्नेछ। यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने सङ्घको जोड रहेको उनले बताए।

यस पदमार्गले दुईवटा ऐतिहासिक विरासतलाई बोकेको सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङ बताउँछन्। यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरुमा फैलिएको भनाइ रहेको उनले बताए। 

‘गुरुङ समुदायको प्ये ल्हुताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ’, उनले भने। क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो ऐतिहासिक विरासतका रुपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने उनले बताए। ‘अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ’, उनले भने, ‘वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन्।’

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनले बताए। यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उनको भनाइ छ।

पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोँथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको हो। यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै  लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उनले बताए। 

एक हजार ६ सय मिटरदेखि चार हजार नौ सय १० मिटर उचाइमा पदमार्ग
भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ। ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ। ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुडाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुग्ने संस्थापक अध्यक्ष गुरुङले बताए। 

पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो। यहाँको दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यसको महत्व अझै चुलिएको छ। प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो। 

प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुरुङ गाउँ पर्दछन्। ती गाउँहरुमा घरवास सञ्चालनमा रहेका छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन्। साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन्।

प्राचीन नुन व्यापारको मार्ग, क्होलासोँथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्वलाई अझै उजागर गरेका छन्। त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुभव लिन पाइन्छ।

जैविक विविधताले सम्पन्न
यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ। पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्व अझै बढाएको छ। यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँच औँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै हिँड्न सकिन्छ। डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ।

यस पदमार्गमा पदयात्रासँगै कर्पुडाँडामा प्याराग्लाइडिङ, ठूलेकमा स्की खेलका साथै यससँग जोडिएका छ हजार मिटरभन्दा कम उचाइका हिमालहरूमा आरोहण तालिम समेत सञ्चालन गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताए। 

गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले स्थलगत रुपमा गरेको खोज तथा अनुसन्धानसँगै तीनवटै तहका सरकार एवम् पर्यटनसम्बद्ध क्षेत्रका लागि यस पदमार्गको प्रवद्र्धन र विकासका लागि केही सुझावहरू समेत प्रस्तुत गरेको सङ्घका महासचिव तुल गुरुङले बताए। उनका अनुसार पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरूको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूमा पर्न सक्ने नकारात्मक असरहरुलाई दृष्टिगत गरी विस्तृत गुरुयोजना बनाएर त्यसै अनुसार पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुपर्ने सिफारिस गरिएको छ।

तीनवटै तहका सरकारले यस पदमार्गमा भविष्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रुपमा विकास गर्नुपर्ने उनले बताए। पदमार्गको केही स्थानमा बाटो मर्मत गर्नुपर्ने, केही खोलामा झुलुङ्गे पुल हाल्नु पर्ने, केही स्थानका बाटोमा रेलिङ हाल्नुपर्ने उल्लेख गर्दै सङ्घले यसतर्फ यथाशीघ्र स्रोतको व्यवस्थापन गर्नुपर्ने र पदमार्गमा होटलहरूको व्यवस्था नभएको कारण हावापानी र स्थानीय संस्कृति अनुरुपका सेल्टर हाउस बनाउनुपर्ने सुझाइएको छ।

त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिए भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ। जलवायु परिवर्तनलगायत विभिन्न कारणले गर्दा पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासाँथरलगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने सङ्घले सुझाव दिएको छ।

पदमार्ग क्षेत्रका पुरातात्विक वस्तुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेशविन्दुका रुपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवयवहरू लोप हुने अवस्थामा रहेको हुनले तिनीहरूको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिर मौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालनलायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नका लागि पहल थाल्नुपर्ने सुझावमा उल्लेख छ। पदमार्गमा पशुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ।

गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनमा महत्वपूर्ण सम्भावना रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल बताउँछन्। ‘पदमार्गको खोज र अन्वेषणको सुरुआतमा पनि बोर्डले प्रवद्र्धनका लागि सहयोग गरेको हो’, उनले भने, ‘यसको प्रवद्र्धन र विकासका लागि आगामी दिनमा पनि पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा हामीले अघि बढाउँछौँ।’ स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि प्रथमतः स्थानीयको नै जागरुकता आवश्यक रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्