• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौँको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार

लक्ष्मी चौलागाईं शुक्रबार, साउन ४, २०८१  २१:०३
1140x725

काठमाडौँ- काठमाडौँको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललिपुरका जन्मदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो। काठमाडौंको टुकुचा नदीको संगमस्थलको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएकाले बालबालिका लक्षित विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो। 

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार फेला परेको उक्त भाइरस  ‘भ्याक्सिन डिराईभ्ड पोलियो भाइरस’ हो।  ‘जेठ १३ गते संकलन गरिएको उक्त नमुनाको नतिजा २९ जेठमा नतिजा आएको हो,’ उनले भने, ‘नेपालमा २०६७ असोज १४ गते रौतहटमा पोलियोको अन्तिम केस फेला परेको थियो, हाल वातावरणीय निगरानीको क्रममा पोलियोको भाइरस भेटिएको छ।’ विश्व स्वस्थ्य संगठनले नेपालबाट पोलियो उन्मुलन भइसकेको घोषणा समेत गरिसकेको छ ।  

उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए। उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीन वटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर-घरमा दिइनेछ। 

पोलियो कस्तो किसिमको रोग हो?
पोलियो रोग पोलियो भाइरसरको कारण लाग्ने संक्रामक रोग हो। पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई सामान्य लक्षण जस्तै ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने हुन्छ। यो रोग लाग्यो भने गम्भीर किसिमको पक्षघात हुने र मृत्यु समेत हुनसक्छ। यो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ। यो रोग जोसुकैलाई पनि लाग्न सक्छ। यद्यपि, ५ वर्ष मुनिका बालबालिकाहरु यसको उच्च जोखिममा हुन्छन्।

Ncell 2
Ncell 2

पोलियो रोगबाट कसरी बँच्ने?
यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन। यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो। यसबाट जोगिन बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिका अनुसार पोलियोको नियमित खोप पूर्ण मात्रामा दिनुपर्ने हुन्छ। यसका साथै पोलियो खोप अभियानहरुमा समेत थप मात्रा खोप दिनुपर्छ। व्यक्तिगत सरसफाई, स्वच्छ पानी र सफा खानेकुरामा विशेष ध्यान समेत दिनुपर्छ। 

पोलियो खोप कति प्रकारका छन्, कतिपटक खोप लगाउनुपर्छ?
पोलियो खोपहरु दुई प्रकार छन्। मुखबाट खुवाइने ओपीभी खोप नियमित खोप सेवाको माध्यमबाट तीनपटक लिनुपर्छ। त्यस्तै सुईबाट दिइने आईपीभी खोप नियमित खोप सेवाको माध्यमबाट दुईपटक लिनुपर्ने हुन्छ। 

कस्तो अवस्थामा खोप लिन मिल्दैन?
यो खोप सिकिस्त बिरामीहरु र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकाहरु जस्तै एचआईभी/एड्सका लक्षण देखिएका, केमोथेरापीमा रहेका क्यान्सरका बिरामी र रोग प्रतिरोधी क्षमता कम गराउने औषधि सेवन गरेकाहरुले लिन मिल्दैन। त्यस्तै उच्च ज्वरो,कडा पखाला, तारन्तार वान्ता र अस्पताल भर्ना भएका तथा सिकिस्त बिरामी परेका बालबालिकाहरुलाई यो खोप दिनहुँदैन । 

नियमित खोप सेवामा पोलियो खोप लिएका बालबालिकाहरुले यो खोप लिनुपर्छ?
लिनुपर्छ। विगतमा नियमित खोप तालिका अनुसार पोलियो खोप लिएको भए पनि यस अभियानमा सबै ५ वर्ष मुनिका बालबालिकाहरुले अनिवार्य रुपमा थप मात्रा पोलियो खोप लिनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्