काठमाडौँ- अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ। अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ।
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ।
एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक आवरको मोटर जडान गरिएको छ।
हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डे ड्र्यागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्सले ग्रुप उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धता सहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्र्यागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।