काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने र हाल विदेशमा कार्यरत नेपाली कामदारलाई सञ्चय कोषको दायरामा ल्याउने तयारी गरेको छ।
_x000D_
_x000D_
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेशिने कामदारलाई लक्षित गर्दै सञ्चय कोषको व्यवस्था गर्न लागेको जनाएको छ। यो व्यवस्था लागू भएमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको कमाइ सञ्चय गर्न मद्दत पुग्नेछ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश जानुअघि सञ्चय कोषको खाता नम्बर व्यवस्था गर्ने र उक्त खातामा मासिक बचत गर्नसक्ने गरी सरकारले योजना अघि सारेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए।
_x000D_
_x000D_
‘सरकारले नयाँ श्रम स्वीकृति लिएर जाने कामदारका हकमा भने अनिवार्य सञ्चय कोषमा खाता खोल्नुपर्ने व्यवस्था गर्दैछ,’ उनले भने, ‘यसअघि नै वैदेशिक रोजगारीमा रहेका कामदारका लागि पनि सञ्चय कोषको खाता नम्बर उपलब्ध गराइने छ। उक्त खातामा उनीहरुले मासिक बचत गर्न सक्नेछन्।’
_x000D_
_x000D_
विदेशमा कमाएको पैसा सञ्चय कोषमा जम्मा गर्दा भविष्यमा काम लाग्ने भएकाले यो योजना सरकारले ल्याएको उनको भनाइ छ।
_x000D_
_x000D_
मन्त्रालयले विदेशमा रहेका कामदारलाई सञ्चय कोषको दायरामा ल्याउने विषयमा चरणबद्ध छलफल गरिरहेको जानकारी दिएको छ। विदेशमा काम गर्न जाने कामदारलाई सरकारले पहिलोपटक सामाजिक र सञ्चय कोषको दायरामा ल्याउन लागेको हो।
_x000D_
_x000D_
गत बैसाखमा श्रम मन्त्रालयले गठन गरेको वैदेशिक रोजगार सुधार सुझाव कार्यदलको सुझावअनुसार सञ्चय कोषको व्यवस्था गर्न लागिएको हो। कार्यदलले वैदेशिक रोजगारीमा जाने कामदारलाई सञ्चय कोषको दायरामा ल्याउन मन्त्रालयलाई सुझाव दिएको थियो।
_x000D_
_x000D_
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न तथा व्यवस्थित बनाउन कार्यदल गठन गरी सुझाव संकलन गरिएको थियो। पछिल्लो ३ दशकमा सरकारसँग श्रम स्वीकृति लिएर करिब ५३ लाख नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन्। सरकारले संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७१ देशका लागि श्रम स्वीकृति जारी गर्ने गरेको छ।
_x000D_
_x000D_
मलेसिया, कतार, बहराइन, साउदी अरब, युएई र ओमान नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकभित्र पर्छन्। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये करिब ८० प्रतिशत हिस्सा यीनै देशले ओगट्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।