काठमाडौं– सरकारले निजी हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन लाइसेन्स लिनका लागि एक अर्ब चुक्ता पुँजी आवश्यक पर्ने गरी अन्तर्राष्ट्रिय हवाई सञ्चालन कार्यविधि २०७५ जारी गरेको छ।
_x000D_
_x000D_
शुक्रबार राति बसेकको मन्त्री परिषदको बैैठकले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत प्रदान गर्ने विषयमा तयार भएको कार्यविधि स्वीकृत गरेको हो। कार्यविधिमा ए,बि,सि वर्गमा वर्गिकरण गर्र्दै चुक्ता पुँजी समेत तय गरेको छ।
_x000D_
_x000D_
वायुयानको टेक अफ वेट (विमान उड्ने बेलाको तौल)लाई आधार मानेर कम्पनीलाई तीन वर्गमा वर्गीकरण गरिएको हाे। जससमा १ सय २५ टनभन्दा ठूला विमानलाई ‘ए’ वर्ग, ४० देखि १२५ टनका विमानलाई ‘बी’ वर्ग र ४० टनभन्दा साना तौल भएका विमानलाई ‘सी’ वर्गमा वर्गीकरण गरिएका छ ।
_x000D_
_x000D_
‘ए’ वर्गका लागि १ अर्ब, ‘बी’ वर्गका लागि ७५ करोड र ‘सी’ वर्गका लागि ५० करोड रुपैयाँ चुक्ता पुजी भएको अवस्थामा मात्रै अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत दिइने गरी कार्यविधि आएको छ। यसअघि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत लिनका लागि ५० करोड पुँजी तोकिएको थियो।
_x000D_
_x000D_
यसैगरी नयाँ कार्याविधिमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि तौलका आधारमा समेत इजाजत दिने व्यवस्था गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
_x000D_
_x000D_
यसअघि जहाजले कति घन्टासम्म उडान गर्न सक्छ भन्ने आधारमा इजाजत दिने व्यवस्था गरेको थियो। तर, अब उडान भर्ने समयको ठाउँमा तौलको व्यवस्था गरिएको उनको भनाइ छ।
_x000D_
_x000D_
यसैगरी कार्यविधिमा ५ वर्षसम्म आन्तरिक हवाई सेवा प्रदान गरेको एयसलाइन्स कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा इजाजत दिने व्यवस्था गरेको छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।