काठमाडौं– लाइसेन्स परीक्षा पास नभएका एक चिकित्सकलाई सरकारले चिकित्सकको दर्जामा विभूषित गर्ने निर्णय गरेको छ। चिकित्सकीय अभ्यास अनुमति (लाइसेन्स) उत्तीर्ण हुन नसकेका राम थापा क्षेत्रीलाई सरकारले प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा पटक–पटक सामेल भए पनि उनी अनुत्तीर्ण रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। तर क्षेत्रीले पदक भने ‘चिकित्सक’कै दर्जामा पाएका हुन्। सरकारले पदक पाउने दर्जा तोक्दा उनलाई चिकित्सक उल्लेख गरेको छ।
_x000D_
_x000D_
संयोग कस्तो परेको छ भने, लाइसेन्स परीक्षा लिने संस्था मेडिकल काउन्सिका रजिष्ट्रार डा. दिलिप शर्मा पनि सोही पदकका लागि चिकित्सककै दर्जामा छानिएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
क्षेत्रीलाई धादिङ पुनःनिर्माण प्राधिकरणले पदकका लागि सिफारिस गरेको हो। चिकित्सकका रुपमा पदक पाउने क्षेत्री कानुनअनुसार चिकित्सकीय अभ्यास गर्न भने पाउँदैनन्। सोही मुद्दा उठाएर चिकित्सकहरुले विरोध गरेका छन्।
_x000D_
_x000D_
उनले चिकित्सकीय सेवा दिएकै कारण सम्मानित गरेको उल्लेख गर्दै युवराज सेढाईं नामका एक डाक्टरले फेसबुकमा लेखेका छन्, ‘लाइसेन्स नलिई बिरामी जाँच्नु गैरकानुनी हो कि होइन? गैरकानूनी हो भने चोरलाई चौतारो साधुलाई सुली?’
_x000D_
_x000D_
लाइसेन्स परीक्षा समेत उत्तीर्ण नभएका चिकित्सकलाई राजनीतिक तजबिजीका आधारमा पदक दिइएको भन्दै अन्य चिकित्सहरुले समेत विरोध जनाइरहेका छन्।
_x000D_
_x000D_
आफूलाई माओवादी निकट भएका कारण पदक पाएको आरोप लगाइएको क्षेत्रीले फेसबुकमा पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूले विभूषित गर्नुहुने घोषणा भएको पदक म माओवादी निकट भएका कारण पाएको भनेर समेत आरोप लगाए। त्यो पनि अरु कसैले होइन, मेरै चिकित्सा क्षेत्रका वरिष्ठ डाक्टरसाबहरुले ।’
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।