काठमाडौं । मापदण्ड पूरा नगरेको पाइएपछि सरकारी अनुगमन टोलीले ललितपुर महानगरपालिकाका चार वटा पशु बधशालालाई मासु बिक्रीवितरणमा रोक लगाएको छ।
_x000D_
_x000D_
कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो। अनुगमन टोलीले मुकेश खड्गी सञ्चालक रहेको आर के मिट सप, सरोज शाहीको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीद्धारा सञ्चालित पशु बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए।
_x000D_
_x000D_
स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले बताए।
_x000D_
_x000D_
देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ।
_x000D_
_x000D_
रोक लगाइएका ती बधशालाहरूले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर भैंसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएको निर्मलले बताए।
_x000D_
_x000D_
ती बधशालाहरूमा दैनिक ३० भन्दा बढी रागाँ भैंसी बध गरेको पाइएको छ। कैफियत देखिएपछि मासु नष्ट गर्न महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले ती बधशालाद्धारा उत्पादित मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए।
_x000D_
_x000D_
कृषि राज्यमन्त्री चौधरीले व्यवसायको नाममा आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन्।
_x000D_
_x000D_
ए वान मिट सपका सञ्चालक खड्गीले सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरू व्यवस्थित रुपमा बधशाला सञ्चालन गर्न तयार रहेको बताए।
_x000D_
_x000D_
अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।