• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रचण्डलाई 'नवसामन्त'को संकेत गरेको भन्दै झण्डै सेन्सर पास भएन 'खजुरे ब्रो'

64x64
अशेष अधिकारी शुक्रबार, वैशाख २८, २०८१  २०:०४
1140x725

काठमाडौं– सेन्सर खारेजीको बहस चलिरहेका बखतमा नेपाली सेन्सर बोर्डले नेपाली सिनेमालाई दुःख दिने क्रमलाई अझै जारी राखेको छ। माओवादी नेतृत्वमा रहेको सेन्सर बोर्डमा भर्ती भएका माओवादी झुकावका सेन्सर सदस्यहरुले अनावश्यक दुःख दिएका हुन्।

आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको 'खुजुरे ब्रो' सिनेमालाई पनि अनावश्यक दबाब दिएको खुलेको छ। उनीहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्विर तल उभिएको पात्रले दिएको संवादमा आपत्ति जनाउँदै सो तस्विर धमिलो पारेर वा दृश्य नै हटाएरमात्र सेन्सर पास गर्ने अड्को थापेको खुलेको छ।

'खजुरे ब्रो' श्रोतका अनुसार सेन्सर बोर्ड सदस्यले प्रत्यक्ष रुपमा प्रचण्डलाई कुनै कुरा इंगित नगरिए पनि सेन्सर माओवादी कोटामा भर्ती भएका सेन्सर सदस्यहरुले अड्को थापेका थिए।

निर्माण पक्षले उनीहरुलाई सम्झाउन खोजे पनि माओवादी निकट सेन्सर सदस्यहरु नमानेपछि सिनेमा रिलिजको संघारमा रहेकाले थप विवाद नगर्ने भन्दै उनीहरुले भने बमोजिम सो दृश्यमा रहेको प्रचण्डको तस्विरलाई सिनेमामा धमिलो बनाउने सर्तमा सेन्सर प्रमाणपत्र बुझेको थियो।

माओवादी कोटामा नियूक्त लिएका सेन्सरकर्मीले आपत्ति जनाएको दृश्यमा के छ?
सिनेमाको एक दृश्यमा शीर्ष पात्र 'खजुरे' र उसको साथी सिनेमाका मुख्य खलपात्रको घर प्रवेश गर्छन्। सहकारीको पैसा हिनामिनामा सक्रिय सो पात्रको घरप्रवेशका क्रममा खजुरेसँगै गएका पात्र(जसमा महेश त्रिपाठी)ले अभिनय गरेका छन्। उनले घरको भव्यता नियालेर 'कुनचाँहि नवसामन्त हो यो' भन्छन्।

उनले यस्तो भनिरहँदा फ्रेममा वर्तमान प्रधानमन्त्री प्रचण्डको फोटो पात्रसँगै दृश्यमा आउँछ। यही संवाद भएको दृश्यमा उनीहरुले आपत्ति जनाएका हुन्। प्रिमियरमा सिनेमा हेरेका सिनेमा समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिनाले पछिल्लो

समय नेपाली सेन्सर बोर्ड आवश्यकताभन्दा बढी जान्नेसुन्ने हुनेगरेको र 'खजुरे ब्रो'को सवालमा पनि त्यही भएको बताउँछन्। उनले सो दृश्य हेर्दा असहज महशुस गरेको बताए।

'पहिलो त मैले त्यो दृश्यमा असहज महसुस गरेँ। दर्शकको हिसाबले अन्याय भयो। अर्को कुरा त्यो दृश्यमा चरित्रले आलांकारिक रुपमा प्रचण्डलाई नवसामन्त भनेको छ। तर अहिलेको सेन्सर बोर्डले त्यसलाई पनि ब्लर गर्न लगाएको देखिन्छ', उनले भने, 'यो त सेन्सरसिपको तुच्छताको उदाहरण हो जुन यही सरकारको पालामा मात्र भइरहेको छ। माओवादीले अबका घोषणापत्रमा सिर्जनात्मक काममा माओवादीको महिमागान मात्र गाइनुपर्छ हैन भने हामी सरकारमा आयौँ भने विपरित भाव प्रस्तुत गर्ने  काममा बन्देज लगाइन्छ भनेर हाकाहाकी लेखे भयो।'

Ncell 2
Ncell 2
nimb
nimb

उता सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले 'व्यक्तिविशेष भन्नेको आशय' देखिएकाले ब्लर गर्न भनेको स्वीकार गरे।

उनले भने, 'त्यसमा अरुको फोटो पनि छ, सबैलाई एकमुष्ट भनेका हौं।' सामिप्यराज तिमिल्सिनाले यस्ता हस्तक्षेपले सिनेमा बनाउन निर्मात-निर्देशक हच्किनुपरिरहेको र लोकतान्त्रिक राज्यमा यस्तो कुरा लज्जाको विषय भएको बताए।

नेपालको सेन्सर नेपाली सिनेमाप्रति चाहिने भन्दा बढि निर्मम हुँदै आएको नेपाली सिनेकर्मीको गुनासो छ। उनीहरुले यो चिन्ताजनक विषय भएको बताउने गरेका छन्। उनीहरुले सेन्सरले सिनेमा काट्ने भन्दा पनि वर्गीकरण गर्नुपर्ने बताउँदै आएका छन्।

सेन्सरकै कारण 'आगो' सिनेमा वर्षौंसम्म प्रदर्शन हुनसकेको थिएन। गत वर्षमात्र भुटान लगायतका शब्दहरु उल्लेख भएको भन्दै 'काँडेतार'को रिलिजमा पनि सेन्सरबोर्डले बखेडा झिकेको थियो।
पछिल्लो समय माओवादी नेतृत्वमा नेपाली सेन्सर आएयता नेपाली सिनेमाले नचाँहिदो झन्झट बेहोर्नुपरेको नेपाली सिनेकर्मीले बताउँदै आएका छन्।

Xtrem

Xtrem

सिनेमा सेन्सरमा आफन्तका हुल बोलाएर सिनेमा देखाउने, निर्माता-वितरकले नियममै नभए पनि खाजा खुवाउनुपर्ने बाध्यता सेन्सरका क्रममा भोग्नुपरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्