• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जब रातभर छट्पटिए 'मनसरा'का दधिराम 

अशेष अधिकारी शनिबार, वैशाख २२, २०८१  ०६:५९
1140x725

काठमाडौं- २०५९ सालतिर आरआरमा पत्रकारिता पढ्दै थिए प्रविण खतिवडा । प्रशिक्षार्थी पत्रकारका रुपमा रिपोर्टिङ गर्न गुरुकुल पुगे।

मैतिदेवीमा सुनील पोखरेलले भर्खरभर्खर 'गुरुकुल' सुरु गरेका थिए।

त्यहाँ उनले 'अग्निको कथा' नाटक हेरे।  

नाटक हेरेर फर्किएको राति प्रविण रातभर छटपटिए।

मान्छे जीवनमा किन छटपटिन्छ?

आफूले सोचेको र रोजेको कुरा नभेटेपछि, ती कुरा पाउन पुग्ने बाटो नभेटेपछि, सोचेका आँटेका कुरा पाउन गरेको प्रयत्न असफल भएपछि र आफू बनेकै अरु चिजका लागि हो भन्ने कुरा थाहा पाएपछि र त्यो पहिल्याउन नसकेर अन्तै भौतारिएको ज्ञात भएपछि । 

हो, त्यो रात, प्रविणलाई यस्तै कुराले चिमोटेको थियो, चिमोटेको मात्र के भन्नु? एक प्रकारले भित्रै पोलेको थियो। त्यसैको डाहले उनलाई छटपटी भएको थियो।

'म साइन्स पढेर फेल भएर फेरि आईएदेखि पत्रकारिता पढ्दै गरेको मान्छे। त्यो (अग्निको कथा नाटक) हेर्दाखेरिचाँहि ओहो ! मलाई रुचि लागेको त यो पो हो त भनेजस्तो लाग्यो। म रातभर छट्पटाएँ',  उनले त्यो रातको छट्पटि सम्झँदै भने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो छटपटिले उनलाई फ्ल्यासब्याकमा लग्‍यो। छटपटिकाबीच नै स्कूलदेखिका कुराहरु सोच्न थाले।

'अनि सोच्न थालेँ म स्कूलदेखिका कुरा । म के गर्थेँ भनेर । सोच्दाखेरि त स्कूलमा पनि मैले जानीनजानी सरस्वती पूजामा, अभिभावक दिवसमा, शिक्षा दिवसमा , केमा केमा गरेर पाँच-सातवटा नाटकहरु  गरेको रेछु', उनले भने।

त्यो फ्ल्यासब्याकको उज्यालोले जीवनको अगाडिको यात्रामा उनले अब तय गर्नुपर्ने बाटो देखाइदियो।  उनलाई लाग्यो- ओहो म त यही ठाउँमा हुनुपर्छ जस्तो हुँदै गयो।

उनले नाट्यकर्मी बन्ने अठोट लिए र 'गुरुकुल'मा  आवेदन गरे।  छनोट भए। त्यस दिन उनी आफू के हुने निश्चित भए रे।  'त्यो दिन नै हो मैले म पूर्णरुपमा व्यवसायिक कलाकार नै हुन्छु भनेर ठानेको', उनले भने।

Xtrem

Xtrem

०००

उनको यो निर्णयमा घरको कान्छो छोरोले घरबाट कस्तो प्रतिक्रिया पायो त?

'घरकालाई कान्छो बर्बादीतिर जाँदैछ भन्ने थियो।' किनकि घरका मान्छे अनुसार बर्बादीको त्यो बाटोमा घरको कान्छोभन्दा अगाडि जेठो छोरो पनि हिँड्न थालिसकेको थियो।

प्रविणका दाजु नवीनलाई बुबाको सपना डाक्टर बनाउने थियो तर दाजुले पत्रकारिता रोजे।

यता पत्रकारिता पढिरहेको कान्छोले त्यो पनि छोडेर नाट्यकर्म रोज्यो। यसमा परिवारभन्दा पनि समाजको दृष्टिकोण ज्यादा हाबी हुने प्रविणको बुझाइ छ।

भने- परिवार र समाजले चाहने भनेको सफलता मात्र हो। उनीहरुले दुई चिज हेर्दा रहेछन्। एउटा सफलता र अर्को सुरक्षा।

मेरो र दाइको सवालमा पनि भएको त्यही हो।

उनले नाटक रोज्ने बेलासम्म दाइ नविन राम्रा खेलपत्रकारका रुपमा सफल बनिसकेका थिए।

अब पालो प्रविणकै थियो।

उनको यो रोजाइ घर हुँदै समाजसम्म नपुग्ने कुरै थिएन। 'गुरुकुल' गयो भनेपछि गाँउलेले त्यसलाई संस्कृतवाला गुरुकुल बुझेछन्।
गाँउले भन्न थाले- ल अब मान्छे बन्ने भो।

बुवा र दाइलाई गुरुकुलको बारेमा हल्का थाहा थियो। सुनिल पोखरेलसँग चिनजान थियो। उनीहरुले यो त्यस्तो खालको गुरुकुल होइन भन्ने बुझेका थिए।

 यही बुझेकाले बाबुको मनमा 'यो गयो नाटकेहरुको झुण्डमा भन्ने' परेको थियो। 

समय बित्दै गयो। जुन नाटकले उनलाई निदृष्ट  लक्ष्य दियो त्यही नाटक 'अग्निको कथा'मै अभिनय गर्ने मौका प्रविणले पाए।

उनकी आमा आएर कान्छोको नाटक हेरिन्। 

नाटकमा त कान्छो भिक्षु भएर निस्कियो। 

आमाले अभिनय हो भन्ने नबुझेर कोकोहोलो गरिन्- ओहो यो कान्छो त बुद्धिष्ट भएछ।

पछि आमाले साँचो कुरा थाहा पाइन। 'त्यसको ६ महिना एक वर्षमाचाँहि हामी बाहिरफेर डुल्न थाल्यौं', प्रविणले सम्झना गरे- गुरुकुलले नाटक महोत्सवहरुमा भारततिर पनि लग्यो, डेनमार्कतिर पनि लग्‍यो। मस्को पुर्‍यायो।'

यी यात्राहरुले प्रविण कान्छोमा मानिसहरुले सफलता देखें, सुरक्षा देख्न थाले।

'मान्छेले त्यसलाई मेरो सफलता माने', उनले भने,'आफ्नो पैसाले त म कहिले डुलेर आउने थिइन। मेरो बा-हजुरबाले देको पैसाले पनि पुगेर आउनेवाला थिइन।  त्यसपछि- ए ल यसले आफ्नो इच्छाले रोज्यो तर राम्रै रोज्यो, गर्दैछ भन्ने चाँहि पर्न थाल्यो।'

000

साइन्स छोड्ने निर्णय गरेको दिनमा बाबुले कान्छोलाई सम्झाएका थिए- हरेश नखा कान्छा, तैले सक्छस् गर न, एक वर्ष पढेर मिहिनत गर, पास भइहाल्छस् नि।'

प्रविणलाई अहिले बाबुका ती कुराहरु सम्झिँदा आफूले नै धेरै सोचेर गर्दो रहेछौं जस्तो लाग्छ।

उनले बाबुले भनेजस्तो एक वर्ष फेरि प्रयास गर्ने जाँगर चलाएनन्। छोराको निर्णय बाबुले सहज तरिकाले लिए।

'बाआमाले त आफ्नो सन्तानलाई जहिले पनि राम्रै गरोस् भन्नेतिरै जान्छ नि । अनि पत्रकारिता छोडेको भन्ने अर्थ लागेन । यो पढाइकै चरणमा त्यता गयो भन्ने अर्थ लाग्‍यो। र मैले पत्रकारिता छोडिन पनि। अहिल म यही सम्बन्धित पेसामा छु भन्ने महसुस गर्छु। यता पनि मिडिया नै हो, सिनेमा पनि मिडिया नै हो। त्यसैले ट्र्याकभन्दा बाहिर गएर काम गरेको छु जस्तो लाग्दैन। मैले मेरो पढाइलाई, रंगमञ्चलाई , सिनेमालाई मिडियाको हिसाबले लिन्छु', उनले भने।

जीवन र जगत धेरै देखिसकेका बाबुहरुको छोराछोरी यता गैदियोस्, यस्तो गरिदियोस् भन्दाभन्दै अर्को बाटो समातिरहँदा त्यो कुरा कुनै न कुनै बिन्दुमा आएर पोखिन्छ नै।

प्रविणको हकमा त्यस्तो गम्भीर ढंगले पोखिएन। एक-दुईपटक मुश्किलले राखेको प्रविण बताउँछन्।

'त्यो पनि उहाँ आफ्नो केही तनावमा आउनुहुँदा प्रस्तुत हुनुभएको होला। तिमीहरुले पढेरचाँहि नखाने भयौं केटाहरु भन्ने खाले कुरा थियो। तर अहिले आएर बुझ्दा हामी पढेरै खाइरहेका छौं भन्ने लाग्छ। त्यसरी ठाडो गाली खाएको  मेमोरीमा छैन।'

अहिले कान्छोप्रति बाबुको धारणा सकारात्मक छ। बाबुलाई लागेको छ- कुनै दिन यल्ले फिल्म पनि निर्देशन गर्छ। 'बुवाले यसले गरिखायो भन्ने हिसाबले नै लिनुभएको छ', उनले भने।

000

प्रविण सिनेमा, रंगमञ्चमा त व्यस्त छँदैथिए। यसबीच उनी ' कथासंग्रहमार्फत् लेखक पनि बनेका छन्।

यी तीन कुरामा पनि प्रविण आफू अभिनेता बन्दा ज्यादा खुलेको महसुस गर्छन्। अरु काम भन्दा अभिनय सहज लाग्छ प्रविणलाई। अभिनयमै रमाउँछन् उनी।

उनलाई निर्देशनचाँहि अलि भारीभर्‌कम लाग्छ।

'निर्देशन अलि भारीभरकम्प काम रैछ। अरुको पनि बोझ उठाउनुपर्नेरैछ। अर्को आयामको पनि। खेल्न मात्र पाउँदा खुशी हुन्छु। संगसँगै लेख्नेचाँहि जोडिएर आउने कुरा रैछ। यसो टाकनटुकन, एउटा कथा संग्रह निकाल्न भ्याएँ।'

काम चर्चा र व्यस्तताले उनका साथीहरु उनीभन्दा केही अगाडि छन्। यो कुरालाई हेर्दा प्रविणलाई आफू पछि परेको भनेर बुझ्दैनन्।

उनका अनुसार यो आ-आफ्नो यात्रा हो। त्यसैले यहाँ कोही अघि कोही पछि हुँदैनन्, हुन्छन् त केबल आ-आफ्नो यात्रामा।

'लाग्दैन। आफ्नोआफ्नो यात्रा रैछ जस्तो लाग्छ। मलाई त्यो यात्रा नजुरेको मात्रै हो। तर मेरो यात्राको हिसाबले म झन सबल छु जस्तो लाग्छ।  किनकि मेरो साथीहरु जो सफल हुनुहुन्छ, उहाँ मजस्तो झ्याप्पै नाटक निर्देशनमा उत्रनुहुन्न। मैले जस्तो झ्याप्पै किताबले खेर छाप्ने ठाँउमा हुनुहुन्न। तर म त तीन वटै आयाममा चुस्तदुरुस्त चलिरहेको छु। त्यस हिसाबले आफू सबल छु जस्तो लाग्छ झन मलाई त?'

शुक्रबारबाट उनी प्रमुख अभिनेता बनेर सिनेमा हलमा झुल्किएका छन्। 'मनसरा'का यी दधिराम पोखरेलले प्रिमियरमा ब्यापक प्रशंसा बटुलेका छन्। अब प्रविण दर्शकको आशीर्वादको पर्खाइमा छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्