• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपाली चिया विश्वमै उत्कृष्ट, चिया निर्यातबाटै भित्रिरहेको छ वार्षिक ३ अर्ब

64x64
कल्पना घिमिरे बिहीबार, वैशाख २०, २०८१  १९:३६
1140x725

काठमाडौं- नेपाली चिया विश्वमै उत्कृष्ट बनेको छ। वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट घोषण गरिएको हो। अमेरिकाको लस भेगासमा सम्पन्न भएको सो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो।

यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको अमेरिकास्थित वल्र्ड टी एक्सपो डट कमले जनाएको छ।

यो बाहेक उक्त कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट ह्वाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको छ। पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टी लगायत उत्पादन गर्दै आएको छ।

यस सिद्धदेवी टी स्टेटले नेपालको तर्फबाट एक्लो सहभागिता जनाएको थियो। विश्वका ह्वाइट टी विधामा सहभागिता जनाएको थियो।

उक्त एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो एक्स्पो हो। उक्त एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमुना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्दै आएको पाइन्छ।

तर, दुखद कुरा के छ भने नेपाली चियालाई विश्वमा गुणस्तरीय घोषित गर्दै गर्दा भारतले भने नेपालको चियालाई गुणस्तरहीन भनी निर्यातमा प्रतिबन्ध नै लगाएको थियो।

गत वैशाख ७ गते भारतले काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेका १७ ट्रक तयारी चिया रोक्यो। भारतले नेपालको चियामा पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर निर्यात रोकेको राष्ट्रिया चिया तथा कफी विकास बोर्डले जनाएको छ। 

भारतले तयारी चियाका ट्रकहरुलाई रोकेपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरु एवं व्यवसायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हट्यो। तर भविष्यमा यस्ता समस्या नदोहेरिएला भन्न नसकिने बोर्डका निमित्त कार्यकारी निर्देशक डा दीपक खनाल बताउँछन्।

Ncell 2
Ncell 2

‘विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरु भइनै रहेकाले भविष्यमा फेरि विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न। यसले नेपाली चियाको बजारीकरणको पाटो कमजोर देखिएको छ,’ उनले भने। 

नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतीय पक्षबाट हुँदै आएको छ। तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको खनालको भनाइ छ। नेपालले गरेको चिया निर्यातको कुल हिस्सामध्ये ९७.८० प्रतिशत भारतमा निकासी हुँदै आएको खनाल बताउँछन्।

वार्षिक २० हेक्टरमा चिया खेती 
नेपालमा करिब  २० हजार हेक्टर हाराहारी जमिनमा चिया खेती हुने सरकारी तथ्यांकले देखाउँछ। कृषि तथा पशुपंक्षी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २० हजार २३० हेक्टर क्षेत्रफलमा चिया खेती भएको थियो।

सो वर्ष २६ हजार ४०१ मेट्रिक टन चिया उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस्तै आर्थिक वर्ष २०७८/०७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती हुँदा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा  १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

चिया निर्यातबाट वार्षिक ३ अर्ब भित्रिन्छ
नेपालको निर्यातजन्य केही सीमित कृषि बालीहरुमध्ये चिया अग्रस्थानमा पर्ने खनाल बताउँछन्। ‘ग्रामीण रोजगारी सिर्जना गर्नमा होस् वा विदेशी मुद्रा आर्जन गर्नमा नै किन नहोस्, नेपाली चियाले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘नेपालको चियाले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रुपमा आफूलाई उभ्याउन सफल भएको छ। यति हुँदा हुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्ला दिनहरूमा विशेषगरी बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ।’

चिया निर्यातको तथ्यांक हेर्ने हो भने नेपालले बाहिरी मूलुकमा चिया निर्यात गरेर वार्षिक ३ अर्ब हाराहारीमा भित्र्याउने गरेको सरकारी तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षको वैशाखसम्ममा २ अर्ब ५४ करोड रुपैयाँको १० हजार १७८ मेट्रिक टन चिया बाहिरी मुलुकतर्फ निर्यात भएको केन्द्रीय भन्सार कार्यालयलेले  जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ३ करोड रुपैयाँ भित्रिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ४३ करोड रुपैयाँ भित्रिएको छ। 

नेपालमा चिया निर्यात मात्रै नभई केही मात्रमा आयात पनि हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा नेपालमा २ करोड रुपैयाँको ३० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा  उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा १२ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात भएको छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड रुपैयाँको २०३ मेट्रिक टन चिया आयात भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
पूर्वसचिव कार्कीसहितका ४ प्रतिवादीविरुद्ध मुद्दा दायर बुधबार, पुस २, २०८२
एक महिना समय थप गर्न प्रधानमन्त्रीसमक्ष ‘जाँचबुझ आयोग’ को आग्रह बुधबार, पुस २, २०८२
प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्