• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपाली चिया विश्वमै उत्कृष्ट, चिया निर्यातबाटै भित्रिरहेको छ वार्षिक ३ अर्ब

64x64
कल्पना घिमिरे बिहीबार, वैशाख २०, २०८१  १९:३६
1140x725

काठमाडौं- नेपाली चिया विश्वमै उत्कृष्ट बनेको छ। वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट घोषण गरिएको हो। अमेरिकाको लस भेगासमा सम्पन्न भएको सो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो।

यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको अमेरिकास्थित वल्र्ड टी एक्सपो डट कमले जनाएको छ।

यो बाहेक उक्त कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट ह्वाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको छ। पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टी लगायत उत्पादन गर्दै आएको छ।

यस सिद्धदेवी टी स्टेटले नेपालको तर्फबाट एक्लो सहभागिता जनाएको थियो। विश्वका ह्वाइट टी विधामा सहभागिता जनाएको थियो।

उक्त एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो एक्स्पो हो। उक्त एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमुना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्दै आएको पाइन्छ।

तर, दुखद कुरा के छ भने नेपाली चियालाई विश्वमा गुणस्तरीय घोषित गर्दै गर्दा भारतले भने नेपालको चियालाई गुणस्तरहीन भनी निर्यातमा प्रतिबन्ध नै लगाएको थियो।

गत वैशाख ७ गते भारतले काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेका १७ ट्रक तयारी चिया रोक्यो। भारतले नेपालको चियामा पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर निर्यात रोकेको राष्ट्रिया चिया तथा कफी विकास बोर्डले जनाएको छ। 

भारतले तयारी चियाका ट्रकहरुलाई रोकेपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरु एवं व्यवसायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हट्यो। तर भविष्यमा यस्ता समस्या नदोहेरिएला भन्न नसकिने बोर्डका निमित्त कार्यकारी निर्देशक डा दीपक खनाल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरु भइनै रहेकाले भविष्यमा फेरि विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न। यसले नेपाली चियाको बजारीकरणको पाटो कमजोर देखिएको छ,’ उनले भने। 

नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतीय पक्षबाट हुँदै आएको छ। तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको खनालको भनाइ छ। नेपालले गरेको चिया निर्यातको कुल हिस्सामध्ये ९७.८० प्रतिशत भारतमा निकासी हुँदै आएको खनाल बताउँछन्।

वार्षिक २० हेक्टरमा चिया खेती 
नेपालमा करिब  २० हजार हेक्टर हाराहारी जमिनमा चिया खेती हुने सरकारी तथ्यांकले देखाउँछ। कृषि तथा पशुपंक्षी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २० हजार २३० हेक्टर क्षेत्रफलमा चिया खेती भएको थियो।

सो वर्ष २६ हजार ४०१ मेट्रिक टन चिया उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस्तै आर्थिक वर्ष २०७८/०७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती हुँदा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा  १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

चिया निर्यातबाट वार्षिक ३ अर्ब भित्रिन्छ
नेपालको निर्यातजन्य केही सीमित कृषि बालीहरुमध्ये चिया अग्रस्थानमा पर्ने खनाल बताउँछन्। ‘ग्रामीण रोजगारी सिर्जना गर्नमा होस् वा विदेशी मुद्रा आर्जन गर्नमा नै किन नहोस्, नेपाली चियाले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘नेपालको चियाले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रुपमा आफूलाई उभ्याउन सफल भएको छ। यति हुँदा हुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्ला दिनहरूमा विशेषगरी बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ।’

चिया निर्यातको तथ्यांक हेर्ने हो भने नेपालले बाहिरी मूलुकमा चिया निर्यात गरेर वार्षिक ३ अर्ब हाराहारीमा भित्र्याउने गरेको सरकारी तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षको वैशाखसम्ममा २ अर्ब ५४ करोड रुपैयाँको १० हजार १७८ मेट्रिक टन चिया बाहिरी मुलुकतर्फ निर्यात भएको केन्द्रीय भन्सार कार्यालयलेले  जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ३ करोड रुपैयाँ भित्रिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ४३ करोड रुपैयाँ भित्रिएको छ। 

नेपालमा चिया निर्यात मात्रै नभई केही मात्रमा आयात पनि हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा नेपालमा २ करोड रुपैयाँको ३० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा  उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा १२ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात भएको छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड रुपैयाँको २०३ मेट्रिक टन चिया आयात भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्