• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

समस्याग्रस्त २० सहकारीः चालु वर्षमै ८ सहकारीलाई समस्याग्रस्त घोषणा, तीन वटाले मात्रै फिर्ता गरे बचतकर्ताको रकम 

64x64
कल्पना घिमिरे आइतबार, वैशाख ९, २०८१  २०:२८
1140x725

काठमाडौं– सरकारले गत चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषण गर्‍यो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव, प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्ति जारी गरेर जानकारी दिए।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिस्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयको सो विज्ञप्तिमा उल्लेख थियो।

बचतकर्ताले रकम फिर्ता नपाएको उजुरीपछि सहकारी विभागले २०७९ साउन १९ गते उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो। उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी दिएका थिए।

यसलगत्तै मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचार गर्यो। त्यसपछि समितिले सञ्चालकलाई सो सहकारीसँग सम्बन्धित कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाइ सहकारी कार्यारलय र कारोबार गर्न बन्द गर्न निर्देशन दिइसकेको छ।

यस्तै उक्त सहकारीका ऋणीले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न, बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी गर्न सूचना समेत प्रकाशन गरिसकेको छ।

यसअघि फागुन २९ गते ललितपुर पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीस सहकारी संस्था लिमिटेडलाई  समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो।

२०७४ सालयता २० सहकारी, चालू वर्षमै ८ सहकारीलाई समस्याग्रस्त घोषणा
अहिलेसम्म २० वटा सहकारी समस्याग्रस्त सहकारीको सूचीमा परेका छन्। २०७४ सालयता २० सहकारी समस्याग्रस्त घोषणा गरिएको सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यस्तै समस्याग्रस्त २० वटा सहकारील संस्थामध्ये १५ वटाले ४३ हजार ९०७ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

थप ५ वटा सहकारीको रकम के कति  बचत कर्ताको रकम हिनामिना गरेको भन्ने तथ्यांक आउनै बाँकी रहेको समितिको भनाइ छ।

यी हुन् समस्याग्रस्त २० सहकारी
१    ओरेण्टल को–अपरेटिभ
२    स्ट्याण्डर्ड सेभिङ को–अपरेटिभ
३    प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
४    प्रभु बचत तथा ऋण सहकारी संस्था
५    कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
६    कन्जुमर बचत तथा ऋण सहकारी संस्था
७    कुवेर बचत तथा ऋण सहकारी संस्था
८    चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
९    भेगास बचत तथा ऋण्या सहकारी संस्था
१०    स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड
११    समोसाइटल बचत तथा ऋण सहकारी संस्था
१२    लुनिभा बहुउद्देश्यीय सहकारी संस्था
१३    पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड
१४    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५    तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१६    हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७    कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
१८    कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१९    लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
२०    गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
स्रोत : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

चालू आर्थिक वर्षमा मात्रै सरकारले ८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। चालू वर्षमा सहकारी विभागको सिफारिसमा मन्त्रालयले पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुउद्देश्यीय सहकारी, शिबशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, श्री लालिगुराँस बहुउद्देश्यीय र गौतमश्री बहुउद्देश्यीय सहकारी गरी ८ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। 

समस्याग्रस्त घोषणा गरिएका २० सहकारीबाट ३० अर्ब रुपैयाँ हाराहारीमा बचतकर्ताको रकम हिनामिना भएको हुनसक्ने कार्यालयका एक अधिकारी बताउँछन्।

सरकारले २०७५ असारदेखि सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आएको छ। सहकारी संस्थाहरूले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ताको बचत फिर्ता नगरेकोपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गर्दै आएको छ।

मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न कार्यालयमा पठाउने गरेको छ। त्यसको आधारमा कार्यालयले संस्थामा सिलबन्दी गर्ने, आवश्यक कागजात संकलन गर्ने, बचतकर्तालाई माग दाबी गर्न आह्वान गर्ने, ऋणी भए ऋण उठाउने र नभएको खण्डका सञ्चालककको जायजेथा बिक्री गरेर भए पनि बचत फिर्ता गराउने नीति छ।

चालू वर्षमा समस्या ग्रस्त घोषित ८ वटामध्ये ५ वटा सहकारीका पीडितले माग दाबी गर्ने क्रम जारी रहेको कार्यालयका सदस्य सचिव केशव प्रसाद पौडेलले बताए।

अहिलेसम्म समस्याग्रस्त सहकारीको सूचीमा २० वटा सहकारी रहेका छन्। जसमध्ये तीन सहकारीले मात्रै बचतकर्ताको रकम फीर्ता गरेको पौडेल बताउँछन्। जसमध्ये कुबेर बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को अपरेटिभ र चार्टर सेभिङ एण्ड क्रेडिटले बचतकर्तालाई बचत फिर्ता गरिसकेको पौडेलले बताए। लुनिभा र सोसाइटलका बचतकर्ताले पनि बचत फीर्ता पाइरहेको र करिब फीर्ता पाउने क्रम सकिन लागेको उनको भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर... आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्