पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता लालपुर्जा बाँडेर देशलाई टुक्रयाउन नआएको बताएका छन्।
_x000D_
_x000D_
देश र जनतालाई समृद्धिको बाटोमा लैजान र अधिकार दिन संघीयता आवश्यक भएको उनले प्रस्ट्याए। ‘देशलाई टुक्राटुक्रा पारेर लालपुर्जा बाँड्न संघीयता आएको होइन। सबैलाई समान अधिकार दिन आएको हो,’ उनले भने।
_x000D_
_x000D_
संविधान दिवस मूल समारोह समिति गण्डकी प्रदेशले मंगलबार पोखरामा गरेको ‘संविधानका विभिन्न पक्षहरुबारे अन्र्तक्रिया’ कार्यक्रममा उनले यस्तो भनाइ राखेका हुन्।
_x000D_
_x000D_
कार्यक्रममा उनले ‘ग्लोबलाइजेसन’ले शासन व्यवस्थामा प्रभाव पारेको बताए। ‘ग्लोबलाइजेसनले अहिले सिंगो संसार एउटै घरजस्तो भएको छ। विभिन्न समयक्रममा हुने परिवर्तनले शासन व्यवस्थामा पनि परिवर्तन ल्याइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘एउटै राज्यभित्र पनि विभिन्न संरचना हुनुपर्छ भन्ने माग भएरै संघीयता आवश्यक भएको हो।’
_x000D_
_x000D_
मुख्यमन्त्री गुरुङले बढ्दो सामाजिक सञ्जालको प्रयोग, बहुराष्ट्रिय कम्पनी विस्तार तथा बजार अर्थव्यस्थाले गर्दा देशको संरचना बद्लिएको समेत सुनाए। उनले संघीयता आइसकेपछि केन्द्र सरकार सधैं जिम्मेवार भएमा मात्रै देशले समृद्धिको बाटो पहिल्याउने बताए। ‘स्थानीय सरकारले जनताको आवश्यकता र अधिकारको कदर गर्दै सेवामुखी हुनुपर्छ,’ उनले भने।
_x000D_
_x000D_
संविधान आफैंमा निर्जीव भएको तर त्यसलाई सजीव बनाउने शासन व्यवस्था नै भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो। ‘संविधान निर्जीव छ तर काम गर्ने त मान्छे हो,’ उनले भने, ‘ हाम्रो गति, मति र शक्ति सही भएन भने जति पटक संविधान संशोधन भएपनि काम छैन।’
_x000D_
_x000D_
कास्कीका जिल्ला न्यायधीश दीपेन्द्र अधिकारीले संविधान आएपछि देशले कानुनी क्षेत्रमा फड्को मारेको दाबी गरे। ‘अहिले संविधानले नै मौलिक हक र अधिकार सम्बन्धी कुरा प्रस्ट पारेको छ,’ उनले भने, ‘संविधानका केही बूँदा आफैमा मौलिक हक र अधिकारका लागि काफी छ । बाँकी कुरामा पनि यसैले निर्देशन गर्छ।’
_x000D_
_x000D_
मुूख्य न्यायधीश अधिकारीले संविधानका धाराले स्थानीय तहलाई सबैभन्दा धेरै अधिकार दिएको र त्यही अनुसार नै कर्तव्य र जिम्मेवारी पनि सुम्पिएको बताए।
_x000D_
_x000D_
उनले संविधान कार्यान्वयन गर्दा अल्पमतको धारणा पनि संशोधन गर्नुपर्ने बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।