काठमाडौं- खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकी छन्।
_x000D_
_x000D_
खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमणमा रोक लगाएकी हुन्। मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएकी थिइन्।
_x000D_
_x000D_
बैठकमा बोल्दै मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकोले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताएकी थिइन्। कर्मचारीहरुलाई कडा निर्देशन दिँदै भनिन्, ‘अहिले काम गर्ने बेला हो। जनताले सरकारसँग राखेको अपेक्षा पूरा गर्नुपर्ने समय हो। यो समयमा अति आवश्यक भए मात्र भ्रमणमा जाने हो नत्र भ्रमणमा नजानुहोला। मन्त्रालयसँग जोडिएर आएका नकारात्मक समाचारहरुले हामीलाई राम्रो गर्दैन।’
_x000D_
_x000D_
आफैं पनि भ्रमणको आवश्यकता हेरेर मात्र बाहिर जाने भन्दै उनले अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।