काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै छन्। ६ दिने औपचारिक भ्रमणका लागि उनी बिहान १०ः४० बजे एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नेछन्।
_x000D_
_x000D_
छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन जान लागेका हु्न। उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा बेल्ट एन्ड रोड सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको छ। उनले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन्।
_x000D_
_x000D_
उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुण कुमार केसी रहनेछन्। यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा समावेश छन्।
_x000D_
_x000D_
उपराष्ट्रपति चीन भ्रमण सकेर असोज ८ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।