काठमाडौं– गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग आज विवाह गरेकी छन्।
उनको सापकोटासँग झापामा विवाह भएको हो। सापकोटा बाङलुङबाट जन्ती लिएर हिजै झापा पुगेका थिए।
-1713340141.jpg)
हिजो उनी त्यहाँ मेहेन्दी समारोहमा सहभागी बने। उनीहरु केही वर्षदेखि प्रेममा थिए। सापकोटा अष्ट्रेलिया बस्दै आएका छन् भने एलिना पछिल्लो समयकी चर्चित एवम व्यस्त गायिकामा पर्छिन्।
-1713340141.jpg)
केही समय अगाडि उनीहरुको सम्बन्धमा खटपट भएर ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो।
-1713340143.jpg)
तर पछि बिबाहको मिति सार्वजनिक भएपछि एलिनाले आफूहरुको कहिले ब्रेकअप नभएको प्रतिक्रिया दिएकी थिइन्।
-1713340143.jpg)
त्यतिखेर विष्णु अर्की एक युवतीसँग निकट भएका कारण ब्रेकअप भएको चर्चा चलेको थियो।
-1713340142.jpg)
उनको विवाहमा उनका आफन्त तथा साथीभाइका र केही गायकगायिका एवम संचारकर्मी सहभागी भएका छन्।
-1713340142.jpg)
(सम्पूर्ण तस्विरः गोपीकृष्ण चापागाईं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।