काठमाडाै- अर्घाखाँचीसिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलार्इ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्र आज एनएमबि क्यापिटल लिमिटेडको रजिष्र्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबिक्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँचीसिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबिक्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रियातथाआवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।