मुम्बई-भारतीय सिनेमाका एक निर्माता मृत भेटिएका छन्। कन्नड सिनेमाका निर्माता सौन्दर्या जगदिश बेङ्लोरस्थित आफ्नै घरमा मृत फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनी 'अप्पू पप्पू' तथा 'स्नेहितारु' जस्ता सिनेमाका लागि परिचित थिए। उनले आइतबार बिहान ४ बजे आत्महत्या गरेको जनाइएको छ। उनले के कारणले आत्महत्या गरे भन्ने बारे केही खुलेको छैन। प्रहरीले घटनाको जाँच गरिरहेको छ।
५५ वर्षीय जगदिशको मृत्युमाथि अनुसन्धान गर्न उनकी पत्नीले प्रहरीमा उजुरी दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले केही समय अगाडिमात्र सासूको निधनले उनी मानसिक रुपमा आघातमा रहेको र त्यसका लागि उनले तनावको औषधि सेवन गर्दै आइरहेको जनाएको छ । त्यसमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनका एक छोरा र छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।