काठमाडौं– अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्युजिक भिडियो र विज्ञापनहरूमा व्यस्त छन्। नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने बताएका हमालले बुधवार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतना मूलक टिभी विज्ञापनमा अभिनय गरे।
अभिनेता हमाल क्यानडा अध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए।
सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कँडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्।
अभिनेता हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए। खड्काले क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरू गर्ने बताए।
त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्। क्यानडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरूको क्यानडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँ फु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केही गर्नका लागि युवाहरूलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।