पोखरा-पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पर्स्याङबाट उनी पक्राउ परेकी हुन् ।
उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे । ‘घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको रहेछ,’ उनले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । प्रक्रिया पूरा हुँदैछ ।’ सेवाग्राही पोखरा वडा नम्बर १० का हुन् । उनलाई थप अनुसन्धानका लागि काठमाडाै पठाउने तयारी भइरहेकाे तामाङले बताए । आयाेगले अनुसन्धान गरि विशेष अदालत काठमाडाैमा भ्रष्टाचार मुद्दा दायर गर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।