काठमाडाैं- नेपाली काँग्रेसका नेता प्रदिप गिरिले हाल सञ्चालन भएको विकासवादी मोडल गलत भएको भन्दै यसबाट कल्याणकारी राज्य निर्माण गर्न असम्भव रहेको टीप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समाजवाद र कल्याणकारी राज्य बनाउनका लागि बदला भन्दा विकासको भावना हुनुपर्ने बताए।
प्रमुख प्रतिपक्षी लगायत अन्य दललाई शंका गर्नेभन्दा सरकार आफैं विश्वासमा उभिन उनले सुझाव दिए।
कसैको आँखा फुटाएमा त्यसको बदलामा आँखा नै फुटाउन खोज्नु नहुने महात्मा गान्धीको सिद्धान्त पालना गर्नुपर्ने भन्दै गिरिले बोलीमा भन्दा विकासमा जोड दिन माग गरे।
नेपाली काँग्रेस प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई साथ दिँदैन भन्दै गिरिले सरकारले आफूलाई सुधार गर्नुपर्ने सुझाव दिए।
संविधानका विषयमा भईरहेको मतान्तर अन्त्य गर्न सरकारले अग्रसरता लिन आग्रह गर्दै उनले मधेशवादी दलले ‘किन संविधान जारी भएको ३ वर्षको चियापान बहिस्कार गर्दैछन्’ ध्यान दिन आग्रह गरे।
संविधान निर्माण प्रक्रियामा भारत उदाहरण दिँदै गिरिले महात्मा गान्धीको प्रभावमा लेखिएको संविधान डा अम्बेडकरलाई लेखनको जिम्मेवारी दिएको कुरा ख्याल गर्न आग्रह गरे।
संविधान जारी हुँदा बहिस्कार गरेका व्यक्तिले १० वर्षपछि आफू बदलिएको भन्दै संसदको सम्मान गरेको प्रसंग सुनाउँदै सबैलाई समेट्न आग्रह गरे।
‘आज पनि संविधानको आलोचना भई रहनु ठीक होइन’ उनले भने ‘मधेशवादी दललाई सम्मान गर्ने कार्य भएको छ कि छैन यसमा सबैको जिम्मेवारी छ, 'मैं खाउँ र मैं लाउँ' भन्ने नगरौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।