• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

'ए' डिभिजन लिगका लागि मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा नाइजेरियाका फुजा तोपे

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  १०:२३
1140x725

काठमाडौं–  सहिद स्मारक 'ए' डिभिजन लिगका लागि मनाङ मस्याङ्दी क्लबले नाइजेरियन प्रशिक्षक अयोडेजी तोपे फुजासँग सम्झौता गरेको छ। आगामी असोज १३ गतेदेखि सुरु हुने लिगका लागि ७ पटकको च्याम्पियन मनाङले फुजासँग ६ महिनाको सम्झौता गरेको हो।

यसअघि, फुजासँग यो सिजनमा भएका मोफसलका प्रतियोगिताका लागि पनि मनाङले सम्झौता गरेको थियो। मनाङले लिगका लागि उनीसँग सम्झौता गरेको मनाङका महासचिव मुखिया कान्छा गुरुङले बताए। फुजा दोस्रो पटक नेपालकाे 'ए' डिभिजन लिगमा प्रशिक्षक बन्न लागेका हुन्। यसअघि, उनले सन् २००८ मा मच्छिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए।

फुजाले गत आइबारदेखि टिम सम्हालेका छन्। 'लिगमा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यका साथ फुजासँग सम्झौता गरेका हौं,' मनाङका महासचिव गुरुङले नेपाल लाइभसँग भने। फुजालाई दिने पारिश्रमिक गुरुङले खुलाउन चाहेनन्।

फुजासँग भारतको चर्चित क्लब मोहमेदन स्पोर्टिङ क्लबसहित विभिन्न क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ। कोलकाताको क्लब मोहमेदनले गत सिजन भारतको दोस्रो डिभिजनको आइ लिग खेलेको थियो।

४३ वर्षीय फुजाले ब्राजिलियन फुटबल महासंघबाट व्यावसायिक लाइसेन्स र इंग्ल्यान्ड फुटबल एसोसिएसनबाट एफए अन्तर्राष्ट्रिय सर्टिफिकेट लिएका छन्।

उनले विगत १० वर्षमा भारतका विभिन्न क्लबमा रहेर काम गरेका थिए। तर, उनले आफ्नो देशमा भने अहिलेसम्म प्रशिक्षण गरेका छैनन्। उनी सन् २००५ मा नाइजेरिया छाडेर भारत आएका थिए। तर, सुरुवातमा उनलाई कुनै माैका मिल्न सकेन। त्यसपछि उनी मलेसिया पुगेका थिए। मलेसियामा उनले एफसी साबहको प्रशिक्षण सम्हाले। मेलिसयाबाट उनी २००७ मा नेपाल आएका थिए।

त्यतिबेला उनले मच्छिन्द्र फुटबल क्लबको प्रशिक्षककाे भूमिकामा रहेर काम गरे। २ वर्षकाे नेपाल बसाइपछि अन्तत: उनलाई भारतीय क्लबमा प्रशिक्षण गर्ने माैका मिल्याे। क्लब थियाे-सिम्ला योङ्गम।  यस बीचमा उनी सिम्ला योङ्गममा मात्र सीमित भएनन्। मुम्बई युनाइटेड, मोहमेदन, एरिस्ट्रोक्र्याट हिन्दुस्तान क्लब, टोलीगङ्ग अग्रगामी एफसी लगायतमा रहेर उनले अाफ्नाे प्रशिक्षण क्षमतालाई तिखारे। जसमा उनी सफल पनि भए। सन् २०१४ मा उनी मोहमेदन स्पोर्टिङ क्लबमा सहायक प्रशिक्षकको रुपमा फर्किएका थिए।

लिगका लागि मनाङले प्रशिक्षकसँगै २ जना नाइजेरियन खेलाडीसँग पनि सम्झौता गरेको छ। स्ट्राइकरद्वय अफिज ओलाडिपो र एडेलेजासँग सम्झौता गरेको महासचिवत गुरुङले जनकारी दिए। ओलाडिपोले यसअघि पनि मनाङबाट लिग खेलिसकेका छन्। उनले गत सिजन बंगलादेशको चितागोङ अबहानी र रहमतगन्ज स्पोर्टस क्लबबाट खेलेका थिए। एडेलेजना भने भारतीय क्लब इस्ट बंगालका पूर्व खेलाडी हुन्। यसबाहेक मनाङले दीपक राई र सुरज विकसँग पनि सम्झौता गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लिग जित्ने उद्देश्यसहित तयारी थालेको मनाङमा राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित राष्ट्रिय खेलाडीहरु कमल श्रेष्ठ, सुजल श्रेष्ठ, हेमन गुरुङ र अन्जन विष्ट लगायत खेलाडी छन्। गोलकिपरमा विशाल श्रेष्ठ रहेका छन्।

राष्ट्रिय खेलाडी र विदेशी प्रशिक्षकको साथ पाएको मनाङले यसपटकको लिगमा उत्कृष्ट खेल्ने अपेक्षा महासचिव गुरुङको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७० सालपछि पहिलो पटक ए डिभिजन लिग गर्न लागेको हो। पछिल्लो पटकको ए डिभिजन लिग मनाङले नै जितेको थियो। लिगको सर्वाधिक सफल टिम मनाङ सबैभन्दा बढी सात पटक(२०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) लिग जित्ने टिम हो। 

Xtrem

Xtrem

यसपटको लिगमा मनाङसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्