महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारबाट डेढ किलो लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्रबाट चरेससहित बझाङको केदारस्युँ गाउँपालिका–६ का गोविन्दबहादुर धामी र रुकमको सानोभेरी गाउँपालिका–३ का गोपाल पुनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले पक्राउ परेका धामी र पुनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए।
त्यसैगरी प्रहरीले सोमबार पनि तीन ग्राम ५९ मिलिग्राम लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरवजिक्रम थापा र बेदकोट नगरपालिका– ७ का लोकेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।