काठमाडौं– ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान र गर्लफ्रेण्ड सबा आजाद सँगै पार्टीमा रमाइलो गरेको तस्बिर सार्वजनिक भएको छ।
यसमा रोचक कुरा त के छ भने उनीहरुले रमाइलो गरेको पार्टीलाई सुजैन स्वयम आयोजना गरेकी थिइन्। पार्टीको आयोजनासँगै उनले नै आफ्ना पूर्वपतिकी प्रेमिकालाई बोलाएकी थिइन्।
पार्टीमा आफूलाई पनि बोलाएकोमा सबा आजादले सुजैनलाई धन्यवाद दिएकी छन्। इन्टाग्राममा सबाले सुजैनलाई धन्यवाद दिएकी हुन्। सबासँग रमाइलो गर्दै गरेको फोटो सुजैनले आफ्नो इन्स्टाग्राममा राखेकी छन्।
फोटो राखेकी उनले 'सबा तिम्रो मायाको लागि धन्यवाद छ डार्लिङ' भनेरसमेत लेखेकी छन्। जवाफमा सबाले पनि सो पोस्ट पुन: सेयर गर्दै 'अहिलेसम्मकै राम्रो समयका लागि धन्यवाद' लेखेकी छन्।
भारतीय संचारमाध्यममा प्रकाशित समाचारका अनुसार सुजैनले यो पार्टी गोवामा दिएकी हुन्। उनले आफ्ना छोरा ऋहानको १८ औं जन्मदिनमा यो पार्टी आयोजना गरेकी थिइन्। पार्टीमा ऋतिक लगायतका पारिवारिक सदस्यहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।