काठमाडाै-छोरीहरुले भोग्नु परेको सामाजिकविभेदको अन्त्य, बालविवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिक रुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना “नगरकी छोरी” कार्यक्रम शुरु भएको छ ।
बागलुङ नगरपालिकाकोतर्फबाट प्रशासकीयअधिकृत हरिदत्त कँडेल र प्रभ बैंक लि. का तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो ।
“नगरकी छोरी”कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिममिति २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिने छ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंक लि. को शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङनगरपालिकाको तर्फबाट एकमुष्ट ५,००० ( पाँचहजार रुपैयाँ) जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्ने छ ।
यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् । २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो ।
प्रभु बैंक लि. सँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा आजबाट शुभारम्भ गरिएको “नगरकी छोरी”कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथाआर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्यप्राप्ती हुने बैंकले विश्वास लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।