काठमाडौं– चैत ३० गते रिलिज हुने दयाहागं राई स्टारर सिनेमाले गफाडी प्रतियोगिता घोषणा गरेको छ। सिनेमाको निर्माण पक्षले सिनेमाको शिर्षक पात्र 'डिग्री माइला' पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आह्वान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरेको छ।
घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले 'डिग्री माइला' पात्र बनेर आफ्नै गफ दिदैं भिडिओ बनाउनुपर्नेछ। सो भिडिओ अधिक्त्तम ३ मिनेट सम्मको हुनुपर्नेछ।
यस्तै कम्पनीको बासुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा 'डिग्री माइला' सिनेमाको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ।
सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
#DailogueCompetition #DegreeMaila #Chaitra30
यसरी बनाइएको भिडिओलाई यो सिनेमाको निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै [email protected] मा इमेल गर्नुपर्नेछ।
प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडिओ माथि उल्लेखित सर्तहरु पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ।
यस प्रतियोगिताका विजेताले अनर मोबाइलको 'एक्स नाइन बि फाइभजी' पुरस्कारस्वरुप पाउनेछन् भने दोश्रो र तरेश्रो हुनेले क्रमश: 'एक्स एट बि' तथा 'एक्स सेभेन बि' मोडलको मोबाइल प्राप्त गर्नेछन्।
यसका अलावा सन्त्वना पुरस्कारस्वरुप यो सिनेमाको ५० वटा टिकट प्रदान गरिनेछ।
रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।