• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अब ग्यासमा सर्वसाधारणले १३ प्रतिशत छुट पाउँछन्?

64x64
कल्पना घिमिरे बिहीबार, चैत १५, २०८०  १३:५०
1140x725

काठमाडौं– नेपालमा खाना पकाउने ग्यास (एलपीजी) खरीदमा औद्योगिक र होटल व्यवसाय प्रयोजनमा १३ प्रतिशत भ्याट छुट हुने व्यवस्था छ। तर सर्वसाधारण उपभोक्ताले भने १३ प्रतिशत भ्याट सहित खरिद गर्नु पर्ने बाध्यता छ।

सो व्यवस्था सच्याउन तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले २०७० सालमा सर्वसाधरण उपभोक्ता र व्यवसायीलाई फरक–फरक मूल्यमा ग्यास बिक्री गर्ने भन्दै रातो र निलो रङको सिलिण्डर ल्याउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार निगमले घरायसी प्रयोजनका रातो र व्यवासायिक प्रयोजनका लागि निलो सिलिन्डर प्रयोग गर्ने बतायो। सुरुमा ग्यास उद्योगहरुलाई कुल सिलिण्डरको करिब १० प्रतिशत (१० लाख) सिलिन्डरमा निलो रङ पोत्न लगाइएको थियो। त्यतिबेला निलो रंग लगाइएका सिलिन्डर बजारमा अहिले पनि भेटिन्छन्।

तर व्यवसायीहरुले रातारात चलखेल गरेर उक्त निर्णय कार्यान्वायनमा आउन नसकेको सरोकारवालाहरु बताउँछन्। त्यसयता आपूर्तिमन्त्री लेखराज भट्टको पालामा पनि व्यवसायीक प्रयोजनका लागि नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिन्डर प्रयोगमा ल्याउने भन्दै ग्यास कार्ड छपाइयो।

उक्त कार्ड छाप्न ग्यास विक्रेता महासंघले निगमबाट करिब ८० लाख रुपैयाँ लिएको थियो। कार्ड छपाएपछि निगमले ६ लाख २० हजार कार्डको प्रमाणीकरण गरी ग्यास विक्रेतालाई दिइसकेको थियो। ग्यास विक्रेताले सर्वसाधारणसँग प्रतिकार्ड १० रुपैयाँका दरले ६२ लाख रुपैयाँ असुल गरे। तर न कार्ड लागू भयो नत सर्वसाधारण उपभोक्ताले सो रकम फिर्ता पाए नै। यत्तिकैमा त्यो व्यवस्था पनि लागू हुन सकेन।

अघिल्लो वर्ष तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्यास घरायसी र व्यावसायिक प्रयोगका लागि फरक–फरक मूल्य निर्धारण गर्ने बताएका थिए।

घरायसी र व्यावसायिक प्रयोजन छुट्याएर परल मूल्य (नाफा बाहेकको लागत मूल्य) लागू गर्नेमा जोड दिएका थिए। त्यसका लागि आयल निगम सञ्चालक समिति सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। 

सोही उपसमितिले अहिले एलपी ग्यासको मूल्य र सिलिण्डर दुई खालको बनाउने तयारी गरेको छ। ग्यासमा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेको तर सर्वसाधारणले महँगो शुल्क तिरेर ग्यास खरीद गर्नु परिरहेकाले यस्तो तयारी थालिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

Ncell 2
Ncell 2

निगमले १४.२ किलोको ग्यास सिलिन्डरको सर्वसाधारणलाई भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकेको छ। तर होटल रेस्टुरेन्ट र औधोगिक प्रयोजनका लागि भने १३ प्रतिशत भ्याटको रकम व्यवसायीले फीर्ता पाउने व्यवस्था रहेको छ।

‘सर्वसाधारणलाई सहुलिय दिनुपर्नेमा त्यसको फाइदा होटल तथा उद्योग व्यवसायीले उठाइरहेका छन्। यता निगमले प्रतिसिलिण्डर ३ सय २५ रुपैयाँ ९ पैसा घाटा व्यहोरि रहेको छ। लक्षित वर्गलाई  सहुलियत दिनलाई उद्योगीलाई परल मूल्यमा दिने अथवा सबैलाई ग्यासको मूल्य एउटै बनाउने  र लक्षित वर्गलाई सहुलियतका लागि भ्याटमा लाग्ने रकम फीर्ता गराउने भन्ने विषयमा अध्ययन भइरहेको छ। प्रतिवेदन आउन बाँकी छ,’ प्रवक्ता ठाकुरले भने।

व्यावसायिक प्रयोजनमा प्रयोग हुने सिलिन्डरबाट व्यवसायीले भ्याट रिफन्ड पाएर फाइदा लिए पनि सर्वसाधारणले छुट पाउन नसकेको विषयलाई लिएर निगमले ग्यास सिलिण्डरको परिमाण अथवा मूल्य दुई किसिमको बनाउन लागिएको ठाकुरको भनाइ छ।

मुलुकभर ५९ ग्यास उद्योग रहेको र ती उद्योगमा डेढ करोड ग्यास सिलिण्डर रहेको एलपी ग्यास उद्योग संघले जनाएको छ। जसमध्ये मासिक  रूपमा ३३ लाखबढिको संख्यामा ग्यास सिलिन्डर खपत हुन्छ। जसमध्ये करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुने जनाएको छ।

गत असोज १४ गते मूल्य फीर्ता भएदेखि निगम एलपी ग्यासमा बिक्री गर्दा घाटामा गएको प्रवक्ता ठाकुर बताउँछन्। ग्यासमा प्रतिसिलिन्डर ३ सय २५.९ रुपैयाँ घाटा रहेको उनको भनाइ छ। त्यसैले निगमले ग्यास सिलिन्डर दुई किसिमको बनाउने अथवा मूल्य भन्ने विषयमा छलफल गरिरहेको बताउँछन्।

यसमध्ये जुनसुकै व्यवस्था लागू भए पनि व्यवसायीसँगै निगमलाई समेत फाइदा पुग्ने ठाकुर बताउँछन्। निगमको घाटा कम गर्न घरायसी र व्यावसायिक सिलिन्डर अत्यावश्यक रहेको उनको भनाइ छ। सबैभन्दा उपयुक्त विकल्प औद्योगिक प्रयोजनका लागि ४५० किलोको ग्यास सिलिन्डर बनाउन पर्ने देखिएको उनी बताउँछन्। जसकालागि गुणस्तर तथा नापतौल विभागले पनि छलफल गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भ... सोमबार, कात्तिक २४, २०८२
आज १७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक गत हप्ताबाट लामोसमयका लागि अर्थात् १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो। बुधबार, कात्तिक १९, २०८२
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार ३... बुधबार, कात्तिक १९, २०८२
ताजा समाचारसबै
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त मंगलबार, कात्तिक २५, २०८२
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
बिहारमा दोस्रो चरणको निर्वाचन आज, साँझबाट बन्द नाका खुल्ने मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्