एजेन्सी– क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतंकवादी हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ।
आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताए।
पश्चिमी गुप्तचर र युक्रेनलाई रुसी समाजमा आतंक सिर्जना गर्न क्रोकस सिटी हल आतंकवादी हमला गरेको बताए। यसअघि युक्रेनी अधिकारीहरूले आक्रमणमा युक्रेनको संलग्नताको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन्।
उपनगरीय मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा गत शुक्रबार आक्रमण भएको थियो। आक्रमणपछि आगलागी भएको थियो। रुसी अनुसन्धान समितिले आतंकवादी हमलामा कम्तीमा १३९ जनाको ज्यान गएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।