काठमाडौं– नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरिएको हो।
को–को भए मनोनीत?
एमाले स्थायी कमिटीमा मनोनीत हुने नेताहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा छन्।
यसैगरी काशीनाथ अधिकारीलाई पनि स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरिएको छ। यससँगै स्थायी कमिटीमा मनोनीत हुने नेताहरूको संख्या ७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।