• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हतारमा पारित भएका मौलिक हकका कानुनको जस लिने होड

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०६:१२
1140x725

काठमाडौं- मौलिक हक सम्बन्धी कानुन पारित भएकोमा आइतवार कानुन मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्यो। उक्त सम्मेलनमा कानुनमन्त्री भानुभक्त ढकालले आफूमाथि रहेको चुनौती चिर्न सफल भएको भन्दै खुसी व्यक्त गरे।

एक महिनामै मस्यौदा जारीदेखि पारितसम्म भएका मौलिक हकका कानुन कार्यान्वयनका लागि बाँकी नियमावली बनाउने कार्यमा अब मन्त्रालयले अनुगमन गर्ने उनको भनाइ थियो।

मन्त्रालयले मौलिक हकका कानुन निर्माणको जस लिएको एक दिनपछि प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले पनि आफ्नो धारणा राखेका छन्। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेत तिमिल्सिनाले आज २ बजे सिंहदरबारमा मौलिक हकका कानुनबारे पत्रकार सम्मेलन राखेका छन्। 

२०७२ असोज ३ गते जारी भएको संविधानमा ३ वर्षभित्र ३१ वटा मौलिक हकका कानुन निर्माण गर्ने समयसीमा तोकिएको थियो। साढे २ वर्ष मौन रहेर अन्तिम समयमा कानुन मन्त्रालयले अग्रसरता लिँदै विधेयकहरुको मस्यौदा गरेको थियो। कानुन मन्त्रालयले गरेको मस्यौदामा लामो समयसम्म मन्त्रालयहरुले स्वामित्व नलिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पटकपटक ताकेका गरेका थिए।

संघीय संसदमा समेत मौलिक हकका कानुन किन निर्माण हुँदैन भनी दबाब सिर्जना भएपछि अन्तिम समयमा मस्यौदा संसदमा दर्ता भयो। भदौमा दर्ता भएका विधेयकहरु असोज १ गते पारित भई राष्ट्रपति कार्यालय पुगेको छ। कानुनमा सबै पक्षका कुरा समेटिएर दूरगामी असर र महत्व समेट्नेगरी बनाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। कानुन हतारमा बनाउँदा पटकपटक संशोधन गर्नुपर्ने र जनभावना नसमेटिने भएकाले समय लिएर बनाउने गरिन्छ। तर संविधानमा रहेका मौलिक हक कार्यान्वयनका लागि सरकारले एक महिनामै कानुन मस्यौदादेखि प्रमाणीकरणसम्म सम्पन्न गर्ने गरी हतारमा कानुन निर्माण गरे पनि जस लिन भने होड देखिएको हो।  

३१ वटा मौलिक हक कार्यान्वयनका लागि अन्तिम समयमा १५ विधेयक मस्यौदा गरे पनि ती विधेयक हतारमै पारित भई कानुन बन्न लागेका हुन्।

भदौ ४ गते वैयक्तिक गोपनीयता सम्बन्धी विधेयकको मस्यौदा सरकारले प्रतिनिधिसभामा दर्ता गराएसँगै यसका सुरुवात भएको थियो।

वैयक्तिक गोपनीयताको हक, जनस्वास्थ्य, अनिवार्य तथा नि:शुल्क शिक्षा, अपराध पीडितको हक, रोजगारीको हक जस्ता दुरगामी महत्वका विधेयक एक महिनामै उत्पति भई पारितसम्म भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त कानुनहरुको छलफल चलिरहेका बेला सभामुख महरा भने चीन भ्रमणमा समेत पुग्न सफल भए।

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थालाई ख्याल गर्दै उनले एक सातामै उपसमितिलाई प्रतिवेदन पेस गर्न हस्तक्षेप गरे। यसले गर्दा सांसदहरुले दर्ता गरेको संशोधनमा समेत पर्याप्त छलफलसमेत हुन सकेन।

तर सभामुख महरा पर्याप्त छलफल भएरै पारित भएको दाबी गर्दै आएका छन्। संवैधानिक बाध्यता भएकोले हाललाई पारित गर्ने र पछि आवश्यक परे संशोधन गर्न सकिने उनको भनाइ छ।

मौलिक हकसम्बन्धी कानुन पहिलो पटक बन्न लागेकाले पर्याप्त समय नदिँदा पछि संशोधनको झमेला हुने नेपाल नेपाल बार एसोसिएसनका महासचिव सुनील पोखरेलको तर्क छ। 

Xtrem

Xtrem

‘संसदबाट पारित भएका कतिपय विधेयक दर्ता भएलगत्तै विवादमा परेका थिए,’  उनले भने, ‘यस्ता कानुन बनाउँदा सरोकारवाला निकाय र नागरिकसँग पर्याप्त बहस र छलफल भएका छैनन् जसले गर्दा उनीहरुलाई स्वीकार्य हुनेमा विवाद हुने अवस्था सिर्जना हुन्छ।’

कानुन तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले पनि पर्याप्त समय लिएर बनाउनुपर्नेमा अन्तिम समयमा मात्र मस्यौदा गर्दा समस्या भएको बताए। संविधानको सीमा र समय अनुरुप तयारी नहुँदा हतारमा कानुन बनाउनु परेको उनको तर्क छ। हतारमा बनाउँदै सरोकारवाला र नागरिकको मत समेट्न नसकिने कुरामा सहमत हुँदै उनले असन्तुष्टि देखिएमा केही नेपाल ऐनमार्फत पनि पुनः संशोधन गरी सम्बोधन गर्नुपर्ने बताए।

संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानुन बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ।

यस्ता छन् मौलिक हकका कानुन
—सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनलाई संशोधन गर्न ऐन रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—अनिवार्य तथा निःशुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको ऐन
—वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—उपभोक्ता संरक्षण सम्बन्धी ऐन
—राष्ट्रियसभामा उत्पत्ति भएका ऐन
—अपांगता भएका व्यक्तिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
—अपराध पीडित संरक्षण ऐन
—वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन गर्न बनेको ऐन

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्