• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

५ करोड नाफामा रहेको डीडीसीले किन गरेन किसानको भुक्तानी?

64x64
कल्पना घिमिरे बिहीबार, चैत ८, २०८०  ०७:४४
1140x725

काठमाडौं- किसानको दूधको रकम भुक्तानी गर्न नसकिरहेको दुग्ध विकास संस्थान (डीडीसी) पछिल्लो समयमा नाफामा गएको छ। निरन्तर ५ वर्षसम्म घाटा बेहोरेको डीडीसीले अहिले भने ५ करोड नाफा कमाएको छ। 

चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म ५ करोड १५ लाख पाँच हजार १९४ रुपैयाँ नाफा कमाएको डीडीसीका महाप्रबन्धक सञ्जीवकुमार झाले बताए। कच्चा दूधको लागत खर्च घटाइएका कारण डीडीसी नाफामा गएको भनाइ छ। 

‘पहिला किसानबाट दूध संकलन गर्दा नै सबै दूधमा ३ प्रतिशत फ्याट (चिल्लोपना) र ८ प्रतिशत एसएनएफ (चिल्लोपना वाहेकको ठोस पदार्थ) कम भएको आउँथ्यो र दूधमा अनिवार्य रुपमा ८ प्रतिशत पुर्‍याउन पाउडर दूध मिसाउनुपर्ने हुन्छ,’ झाले भने, ‘यो मिसाउँदा दूधको लागत खर्च अत्यधिक बढिरहेको थियो र घाटामा गएको थियो,’ उनले भने।

पछिल्लो समय एसएनएफको परिमाण पुर्‍याउन पाउडर दूध समिश्रण गर्दा लागत खर्च बढ्दै गएकाले डीडीसीले पछिल्लो समयमा बालाजु आयोजनामार्फत अनिवार्य रुपमा कच्चा दूधमा ८ प्रतिशत एसएनएफ उपस्थिति भएको दूध मात्रै खरिद गर्ने प्रक्रिया अघि बढाएको झा बताउँछन्।

उक्त प्रक्रिया सुरु भएपछि अहिले संकलित भएको दूधमा अनिवार्य रुपमा ८ प्रतिशत एसएनएफ पाउन थालेको छ। यसले गर्दा एसएनएफको मात्रा बढाउन पाउडर दूध प्रयोग नहुँदा डीडीसी नाफामा गएको झा बताउँछन्।

‘कच्चा दूधमा मापदण्डअनुसार एसएनएफको मात्रा अनिवार्य रुपमा पूरा गर्न पाउडर दूध प्रयोग गर्दा वार्षिक १९ करोड रुपैयाँ बराबर खर्च हुन्थ्यो,’ झाले भने, ‘अहिले मापदण्ड विपरीतको दूध खरिद नगर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि अतिरिक्त खर्च हुने रकम जोगिएर संस्थान नाफामा गएका हो।’

कुन वर्ष कति नाफा?
डीडीसी आर्थिक वर्ष २०७१/०७२ मा ४ करोड २७ लाख ७१ हजार नाफामा रहेको थियो भने २०७२/०७३ मा १३ करोड ५५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो। तर आर्थिक वर्ष २०७३/०७४ मा भने २१ करोड ३७ लाख ७७ हजार रुपैयाँ घाटामा गएको डीडीसीले जनाएको छ। 

२०७४/०७५ मा पनि डीडीसीले ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ नाफामा गएको थियो। तर त्यस यता भने निरन्तर ५ वर्ष घाटामा गएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ६२ लाख १० हजार, २०७६/०७७ मा १५ करोड ८१ लाख ५० हजार रुपैयाँ, २०७७/०७८ मा १७ करोड ४ लाख, २०७८/०७९ मा ३७ करोड ४ लाख र २०७९/०८० मा ४८ करोड ४२ लाख २७ हजार घाटामा गएको थियो। चालु पुस मसान्तसम्म ५ करोड १५ लाख पाँच हजार १९४ रुपैयाँ नाफा कमाएको डीडीसीले जनाएको छ।

डीडीसी अन्तर्गत बालाजु, विराटनगर, हेटौंडा, बुटवल, कोहलपुर र अत्तरियामा आयोजनाहरु सञ्चालनमा छन्। यसमध्ये सबैभन्दा ठूलो क्षमताको बालाजु आयोजना हो। यसले प्रत्येक आर्थिक वर्षमा १० देखि ११ करोड मात्रै नाफा आर्जन गर्दैआएको थियो।

चालू आर्थिक वर्षको ६ महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ। साउनदेखि पुस मसान्तसम्म ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको बालाजु आयोजनाका प्रमुख गणेश यादवले बताए।

उनी आफूले मापदण्ड अनुसार मात्रै दूध खरिद गर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि उक्त आयोजना नाफामा गएको दाबी गरे।

Xtrem

Xtrem

डीडीसीले पछिल्लो ६ महिनाको अवधिमा नाफा गरेको भए तापनि दुग्धजन्य वस्तु बिक्री हुन नसक्दा नगद नाफा कमाउन नसकेको यादवले बताए। 

बालाजु आयोजनामा मात्रै १ अर्ब ३५ करोडको दूध मौज्दात
चैत ६ गतेसम्म बलाजु आयोजनामा मात्रै १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ।
जसमध्ये ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १० लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको उनको भनाइ छ।

यस्तै ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ। 

आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दूध संकलन गरिरहेको उनले बताए। सुख्खा सिजनमा ४० हजार लिटर दूध संलन हुने दाबी गरे।

औसतमा दैनिक ६७ देखि ७० हजार लिटर दूध बिक्री गरिरहेको उनले बताए। तर ठूलो परिमाणमा मौज्दात रहँदा किसानको भुक्तानी गर्न नसकिरहेको उनको भनाइ छ।

चैत महिनादेखि किसानको दूध उत्पादन कम हुने गरेको र चैतदेखि आगामी ६ महिनासम्म तरल दूधको उत्पादन कम हुँदै गएपछि तरल दुधमा पाउडर दूध समिश्रण गरी बिक्री गर्ने महाप्रबन्धक झाले बताए।

‘अहिले मौज्दात रहेको ठूलो परिमाणमध्ये पाउडर दूध चैतदेखि आन्तरिक रुपमा उपभोग हुने भएकाले पाउडर दूध र तरल दूध खरिद वापतको रकम जोगिएर नाफामा गएको वित्तिय प्रतिवेदन तयार भएको छ,’ झाले भने।

डीडीसीले किसानसँग खरिद गरेको दूधको करिब सवा १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको झाले दाबी गरे। सरकारले किसानलाई भुक्तानी दिन डीडीसीलाई ३० करोड रुपैयाँ कर्जा उपलब्ध गराउने भएपछि तत्काल किसानको रकम भुक्तानी गर्ने उनले बताए। 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्