काठमाडौं– सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले सुझाएका विषयमा गृहप्रशासनले कठोर रुपमा कदम चाल्ने प्रतिबद्धता जनाए।
उनले अनुसन्धानमा कोही दोषी भए कारबाही गर्ने भन्दै सुन तस्करीमा संलग्नलाई छोडिएको भए त्यसमा पनि गृह प्रशासन कडा रुपमा लाग्ने बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत् भएको सुन तस्करीलगायतका विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो।
सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।