काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ट्रिन्बागो नाइट राइडर्सले जितेको छ।
आइतबार भएको उपाधि भिडन्तमा ट्रिन्बागोले गुयना अमाजोन वारियर्सलाई ८ विकेटले हराएर उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको गुयनाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन जोड्यो। उसका लागि लुक रोन्चीले ४४ र जासन मोहमदले २४ रनको योगदान दिए। वलिङमा ट्रिन्बागोका खारी पियरीले ३ विकेट र डिजे ब्राभोले २ विकेट लिए।
१ सय ४८ रनको लक्ष्य ट्रिन्बागोले १७.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि कोलिन मुनरोले नटआउट ६८ रन जोडे। ब्रेन्डन म्याकुलमले ३९ र दिनेश रामदिनले २४ रन बटुलेर। मुनरोले ३९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। मुनरो म्यान अफ दि सिरिज भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।