काठमाडौं– पूर्व–पश्चिम राजमार्गमा पर्ने बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा यात्रुबहाक बस दुर्घटना भएको छ। दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।
ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना भएको हो। धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा ल्याइएको छ।
घाइतेहरुको नाम नखुलेको र घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।