काठमाडौं– मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका १ स्थित पिसाङ र ढुकुरपोखरीको बीचमा पर्ने खाङ्सार चामे सडकखण्ड फागुन २१ गते मध्यान्ह हिउँपहिरो गई अवरुद्ध भएको छ।
हिउँपहिरोले सडक अवरुद्ध भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङको सुरक्षा फौजले अबरुद्ध सडक हिउँ पन्छाई खुलाउने कार्य गरिरहेको छ।
सशस्त्र प्रहरीले सोही गाउँपालिकाको २ वटा स्काभेटरको सहयोगले हिउँ पन्छाउने काम गरिरहेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।