काठमाडौं- तीज नेपालमा मात्र होइन नेपाल बाहिरपनि धुमधामका साथ मनाइन्छ। नेपालबाट पहिलो विश्वयुद्धताका नै बर्मा पुगेका नेपालीले पनि हरितालिका तीज भव्य रुपमा मनाएका छन्। औपचारिक रुपमा ब्रत बस्ने कार्यक्रम यसअघि नै सम्पन्न भएपनि अाइतबार दिदीबहिनी र परिवारका सदस्य जम्मा भएर मनाएको बर्मावाट राधिका दुलालले बताइन्।
बर्माको टमु सहरमा पुर्खौदेखि बस्दै आएका नेपाली मूलका मानिसले यसरी नै तीज मनाउँदै आएका छन्। बर्मामा मात्र नभई थाइल्यान्डमा आएर बसोबास गरेका नेपाली मूलका नारीले पनि भव्य रुपमा तीज मनाएका छन्।
बर्मावाट थाईल्याण्ड आएर बसोबास गर्दै आएकी संगीता कार्कीले पनि नेपाली दिदीबहिनीले एकै ठाउँमा भेला भएर नाचगान गर्दै तीज मनाएको बताइन्। ‘हामी जहाँ भएपनि नेपाली र हिन्दू नारी नै हौ’ उनले भनिन् ‘त्यसैले नेपालमा मनाउने सबै पर्व मनाउँछौ।’
बर्माबाट थाइल्यान्ड बसोबास गरेकी पुष्पा दुलालले पनि नेपालको परम्परा कायम राख्दै प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै तीज मनाउने गरेको बताइन्। तीजमा ब्रत बस्ने र भगवान् शिवको पूजा आराधना गर्ने उनले बताइन्। अविवाहित उनले शिवसँग असल पति माग्ने इच्छाले व्रत बसेको बताइन्।
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_7_H4iXkt1hyi.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_6_MYH2eYK9zY.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_2_lR4RfXkWNa.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_3_5AC9Ll9ci2.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_4_VCLUT5hO4u.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_9_eZEPLum1Vj.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_5_GqBYdqDYZI.jpg)
![](http://nepallive.prixa.net/media/albums/teej_in_Thailand_1_MN7OgAWlQm.jpg)
तस्बिरहरु : राधिका दुलाल (बर्मा) र राधिका कार्की (थाइल्यान्ड)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।