काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हचुवा तरिकाले पार्टी सञ्चालन गर्दा कांग्रेस कमजोर भएको बताएका छन्।
युरोप भ्रमणमा क्रममा लक्जेम्बर्गमा रहेका पौडेलले विधि र न्याय विपरीत पार्टी चलेको बताए। सभापतिप्रति लक्षित गर्दै उनले भने ‘पार्टी सञ्चालन विधि संगत नभएकोले नेपाली कांग्रेस अप्ठ्यारोमा परेको हो।’ पारदर्शी मूल्यांकनका आधारमा पार्टीभित्र सहमति र आलोचना हुनुपर्ने उनले बताए।
आगामी चुनौती सामना कांग्रेस सक्षम नहुने हो भने लोकतन्त्र र नेपाल नै खतरामा पर्ने दाबी उनले गरे।
पार्टी निकट जनसम्पर्क समितिहरुको कार्यक्रमका लागि १२ दिने भ्रमणका लागि पौडेल यूरोप पुगेका हुन्। गत शनिबार गएका पौडेल असोज १० गते फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।