काठमाडाै- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति २०८० फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले सामग्रीहरु हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कंडेल , एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।