बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै लगातार चौथो जित हात पारेको छ। बार्सिलोनाले शनिबार भएको खेलमा १–० गोलले पछि परेको स्थिति उल्टाउदै रियल सोसिडाडलाई २–१ गोलले पराजित गरेको हो।
रियल सोसिडाडका एलुस्टोन्डोले १२ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाले ६३ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। बार्सिलोनाका लागि लुइस सुआरेजले बराबरी गोल गरेका थिए। तीन मिनेटमा बार्सिलोनाले अग्रता लिन सफल भयो। ओस्मान डेम्बेलेले ६६ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ अघि बढाए।
यता म्याड्रिडका दुबै क्लब बराबरीमा रोकिएका छन्। रियल म्याड्रिडलाई एथ्लेटिको बिल्बाओले १–१ को बराबरीमा रोक्यो। बिल्बाओका मुनियले ३१ मिनेटमा गोल गरेका थिए। तर रियलका इस्कोले ६३ मिनेटमा बराबरी गोल फर्काए।
एट्लेटिको म्याड्रिडलाई एइबारले १–१ गोलको बराबरीमा रोक्न सफल भयो। एइबारका इरिचले ८७ मिनेटमा गोल गरेपनि एट्लेटिकोका गार्सिसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए।
भ्यालेन्सिया र रियल बेटिसले भने गोलरहित बराबरी खेलेका छन्।
लिगमा चार खेलबाट १२ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडले ४ खेलबाट १० अंक जोडेको छ भने तेस्रो स्थानको सेल्टा भिगोले ३ खेलबाट ७ अंक बटुलेको छ। चौथो र पाँचौ स्थामा रहेका एथ्लेटिको बल्बाओ र एट्लेटिको म्याड्रिडको ४ खेलबाट ५–५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।