काठमाडौं- बलिउड निर्देशक नितेश तिवारीको ड्रिम प्रोजेक्ट ‘रामायण’ को विषय लामो समयदेखि चर्चामा छ। यो फिल्मको स्टारकास्टलाई लिएर लगातार नयाँनयाँ समाचारहरु आइरहेका छन्।
फिल्म रामायणमा रणवीर कपुरले रामको भूमिका निर्वाह गर्नेछन् भने साई पल्लवीलाई सीताको रुपमा देख्न पाइनेछ। रावणको भूमिकामा साउथ स्टार यश र हनुमानको अवतारमा सनी देओललाई अफर गरिएको छ। रावणका भाइ विभिषणको भूमिका भने विजय सेतुपतिले निभाउन सक्ने चर्चा छ।
पछिल्लो खबर अनुसार राजा दशरथको भूमिकामा भने महानायक अमिताभ बच्चनलाई अनुबन्ध गरिएको छ। तर यस यस विषयमा आधिकारिक घोषणा भने भइसकेको छैन। अमिताभ दशरथको भूमिकामा फिट हुने फिल्म समीक्षकहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।