काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको एकता प्रक्रिया दशैंअघि टुंगिने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा चीन भ्रमण गर्न लागेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै एकता प्रक्रिया सकरात्मक रुपमा अघि बढेको बताए।
चीनबाट फर्के लगत्तै एकिकरण प्रक्रियालाई तीव्रता दिने उनले बताए।
प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्र्टीका अनुभवहरूको आदान प्रदान र सम्बन्धलाई सुदृढ गर्न भ्रमण गर्न लागेको बताए।
उनले दुई देशका बीच भएका पछिल्ला समझदारीलाई प्रभावकारी कार्यान्वयनको लागि वतावारण बनाउन भ्रमण सहयोगी हुने विश्वास व्यक्त गरे।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जान लागेकोले ‘पार्टी टु पार्टी रिलेसन’ भ्रमणको मुख्य विषय भएको बताए। भ्रमणका क्रममा उनीसँग भेट गर्ने सरकारी पक्ष र पार्टी नेताहरुको बारे भने केही बताइएको छैन।
प्रचण्ड असोज ४ मा स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।