काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्यमा केही निश्चित ठेकेदारहरुको एकाधिकार रहेको बताएका छन्।
पूर्वएमाले र माओवादी केन्द्र निकटका निर्माण व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले ठूला ठेकेदारको एकाधिकार तोड्नुपर्ने बताए। ठूला ठेकेदारहरुको एकाधिकार तोड्नुपर्ने बताउँदै उनले भने, ‘समान रुपमा अरु ठेकेदारले पनि काम गर्ने अवसर पाउनुपर्छ।’ पुननिर्माणका लागि निर्माण व्यवसायीले सरकारसँग राखेको अपेक्षा पार्टीले सकारात्मक रुपमा लिने निर्माण व्यवसायीलाई वचन दिए।
निर्माण व्यवसायीलाई देशभित्रै स्वच्छ वातावरण दिन नसके विदेश लगानी पनि भित्रन नसक्ने बताएका छन्। समृद्धिको आधार निर्माण भएकोले गुणस्तरीय काम गरी समयमा सम्पन्न गर्न निर्माण व्यवसायीको जिम्मेवारी रहेको उनले बताए। सरकार तथा कर्मचारीबाट पनि सकारात्मक पहल हुने उनले विश्वास दिलाएका छन्। ‘कर्मचारी र निर्माण व्यवसायी दुवैतिर समस्या धेरै छन्,’ प्रचण्डले भने।
भ्रातृ संगठनहरुको एकीकरण गर्ने क्रममा इन्जिनियरहरुको संगठन पहिलो भएको थियो भने त्यसपछि निर्माण व्यवसायीका संगठनको एकीकरण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।