काठमाडौं– गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन्।
आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन्। भारतको रियालिटी शोमा उत्कृष्ट दशमा पुग्नु नै आफ्ना लागि ठूलो सफलता भएको उनले बताइन्।
आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुसी मिलेको पनि उनले बताइन्। उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन्। बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको उनले सुनाइन्।
गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए। उनले २०७४ सालमा नेपाल आइडलमा समेत सहभागिता जनाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।