काठमाडौं– जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।
जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो म्यादको अनुमति दिएको हो।
दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो।
सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।