काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ। योसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको छ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरेको सीआईबीले जनाएको छ।
सीआईबीले यो प्रकरणमा सीजी चाँदबाग कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।