काठमाडौं- बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापा विरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिनाको लिखत कीर्ते सम्बन्धी कसुरमा म्याद थपका लागि बिहीबार नै जिल्ला अदालत पेस गर्ने तयारी गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबार नै अनुमति लिन लागेको हो।
सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई स्वास्थ्य परिक्षण गराएर सिधै जिल्ला अदालत लैजाने तयारी रहेको छ। जिल्ला अदालमा समेत उनीहरुलाई म्याद थपका लागि ल्याउने जानकारी सीआईबीले गराएको छ।
माघ १६ गतेदेखि अदालत पाँच बजेसम्म भएकाले अन्तिम समयमा अदालत लैजाने सीआईबीको तयारी छ। जिल्ला अदाललते उनलाई जति दिन थुनामा राख्ने अनुमति दिन्छ सोही अवधि सीआईबीले राख्न पाउनेछ।
चौधरी पक्राउ परेसँगै निजी क्षेत्रले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ। नेपाल क्षेत्रले साढे पाँच बजे एभरेष्ट होटलमा अकास्मिक पत्रकार सम्मेलन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।